निर्माणाधीन आयोजनाको दुर्घटना छानबिनका लागि समिति गठन

काठमाडा । सरकारले सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा सोमबार भएको दुर्घटनाको छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जिवी चटौटको संयोजकत्वमा छानबिन समिति आज गठन गरेको हो । समितिका अन्य सदस्यहरु भने तोक्न बाँकी रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
ऊर्जा मन्त्री पम्फा भुसालले दुर्घटनाप्रति चासो व्यक्त गर्दै तत्काल छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएकी थिइन् । दुर्घटनामा थप एक कर्मचारी घाइते भएका छन् । साहस ऊर्जाले प्रवद्र्धन गरिरहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको परीक्षणका क्रममा पाइप विस्फोट भई इञ्जिनीयर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएको हो ।
पेनस्टक पाइपको हाइड्रोलिक परीक्षणका क्रममा पाइप फुट्दा उक्त दुर्घटना हुन पुगेको हो । प्रवद्र्धक कम्पनीका अनुसार पाइपको ज्वाइनमा परीक्षण गर्दा दुर्घटना भएको हो । आयोजनामा प्रयोग गरिएका हाइड्रो–मेकानिकलतर्फको काममा दुर्घटनाले प्रश्न खडा गरेको छ । ऊर्जामन्त्री भुसालले दुई युवा तथा प्राविधिकको असामयिक निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताएकी थिइन् । साहस ऊर्जाका प्रमुख हिमप्रसाद पाठकले दुर्घटनाको बारेमा आन्तरिक रुपमा नै छानबिन भइरहेको र घाइतेको उपचार भइरहेको जानकारी दिए ।
















कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु
दाङमा सवारी दुर्घटनाको अवस्थाः चार वर्षमा तीन सय बढीको मृत्यु
युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते
पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु
गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरु
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया