भारतमा थप दुई नयाँ खोप र चक्कीलाई कोभिडविरुद्ध प्रयोग गर्न अनुमति

नयाँ दिल्ली । भारतले कोभिडविरुद्ध विकसित गरेको दुई नयाँ खोप कोभोभ्यास र कोर्र्बिभ्याक्सलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । त्यस्तै, कोभिडविरुद्ध खाने चक्की पनि प्रयोगमा आउने भएको छ । यी तीन ओटै औषधि कोभिडविरुद्धको अभियानमा प्रभावकारी हुने जनाइएको छ ।
दुबै नयाँ खोप आगामी दिनमा बुस्टर डोजको रुपमा प्रयोग गरिने सरकारले जनाएको छ । योसँगै भारतमा कोभिडविरुद्ध आपतकालीन प्रयोगमा ल्याइएका खोपको संख्या आठ पुगेको छ ।
यसअघि कोभिडशिल्ड, कोभ्याक्सिन, जाइकोभ–डी, रसियाको स्पतुनिक भी, अमेरिकामा विकसित गरिएको मोडेर्ना र जोनसन एन्ड जोनसोनलाई भारतको औषधि नियामक निकाय इमर्जेन्सी युज अथराइजेसन (इयुए)ले अनुमोदन गरेको थियो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि कोभोभ्यासलाई आपतकालीन प्रयोगको सूचीमा राखेको छ । भारतले प्रयोगका लागि अनुमति दिएको नयाँ खोप कोर्र्बिभ्याक्सलाई भारतको वायोलोजिकल इ लिमिटेडले विकसित गरेको हो । एजेन्सी
















चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प
अनरको ‘म्याजिक एट सिरिज’ सार्वजनिक, कति पर्छ मूल्य ?
जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया