माओवादी नेता पुन र चिनियाँ उपमन्त्री झाओबीच भेट

काठमाडौँ । चीनमा उपचारमा रहेका कारण पार्टीको आठौं महाधिवेशनमा समेत आउन नपाएका माओवादी केन्द्रका प्रभावशाली स्थायी समिति सदस्य वर्षमान पुन (अनन्त)को स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । स्वास्थ्यमा आएको सुधारसँगै उनले त्यहाँ चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेतृत्वहरुसँग राजनीतिक भेटघाट शुरु गरेका छन् । त्यही क्रममा उनले चिनियाँ उपमन्त्री चेन झाओ सँग भेटवार्ता गरेका हुन् । पत्नी तथा माओवादी केन्द्रकै नेतृ तथा पूवं सभामुख ओनसरी घर्ती समेत सहभागी भएर उनले सोमबार चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री झाओसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा नेता पुनले चिनियाँ उपमन्त्रीसँग दुई देश वीचको सम्वन्ध, दुई कम्युनिष्ट पार्टी चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध विस्तार लगायतका विषयमा विस्तृत छलफल गरेको नेता पुनले बताएका छन् ।
चिनियाँ पक्षले नेपालका बाम दलहरु एक भएर अघि बढुन् भन्ने शुभेच्छा व्यक्त गरेको नेता पुनले जानकारी दिए ।
यस्तै, चिकित्सकको सल्लाहपछि अब छिटै नेपाल फर्कने पुनको भनाई थियो । जण्डिस दोहोरिएपछि उनी असोज १३ गते बैंकक लागेका थिए । उनको मंसिर १० गतेयता चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा अफ सेनसेजमा उपचार भइरहेको छ ।
















गाजा संकट गहिरिँदै: मृतक संख्या बढ्दो
थापाथलीपछि गैरीगाउँ सुकुमबासीमा बस्ती डोजर लगिँदै
इजरायल–लेबनान वार्ता प्रयाससँगै क्षेत्रीय तनाव अझ गहिरिँदै
कूटनीतिक आचरसंहिता पालनामा परराष्ट्रमन्त्रीको जोड
वन्यजन्तु पर्यटनको प्रवर्द्धन गर्न चितवनमा सुरू भयो सफारी मार्ट
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया