सिरहाको निषेधाज्ञा हट्यो

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले पूर्व–पश्चिम राजमार्ग र सिरहा–चोहर्वा सडकखण्डमा दुई दिनका लागि जारी गरेको निषेधाज्ञा मंगलबार साँझबाट हटाएको छ ।
मंगलबार अपराह्न एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले निषेधाज्ञा हटाएको जनाएको हो ।
सिरहाका ६ राजनीतिक दलसहितको सर्वदलीय बैठकले पक्राउ परेकाहरुलाई रिहाइ र निषेधाज्ञा फिर्ता लिई शान्तिपूर्ण रुपमा निकास खोज्न आग्रह गरेपछि निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।
निषेधाज्ञा हटाइएको छ भने पक्राउ परेका जनमत पार्टीका १८ कार्यकर्तालाई रिहाइ गरिएको छ । यसअघि मंगलबार नै जिल्लामा क्रियाशिल कांग्रेस, एमाले, नेकपा एस, लोसपा, जसपा, माओवादी केन्द्रले आजै एक संयुक्त विज्ञप्ति जारी गर्दै शन्तिपूर्ण रुपमा निकास खोजी गर्न माग गरेका थिए ।
उनीहरुले पक्राउ परेकालाई छाड्न र आन्दोलनको माग फिर्ता लिन आग्रह गरेका थिए ।












निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया