सिरहाको निषेधाज्ञा हट्यो

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले पूर्व–पश्चिम राजमार्ग र सिरहा–चोहर्वा सडकखण्डमा दुई दिनका लागि जारी गरेको निषेधाज्ञा मंगलबार साँझबाट हटाएको छ ।
मंगलबार अपराह्न एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले निषेधाज्ञा हटाएको जनाएको हो ।
सिरहाका ६ राजनीतिक दलसहितको सर्वदलीय बैठकले पक्राउ परेकाहरुलाई रिहाइ र निषेधाज्ञा फिर्ता लिई शान्तिपूर्ण रुपमा निकास खोज्न आग्रह गरेपछि निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।
निषेधाज्ञा हटाइएको छ भने पक्राउ परेका जनमत पार्टीका १८ कार्यकर्तालाई रिहाइ गरिएको छ । यसअघि मंगलबार नै जिल्लामा क्रियाशिल कांग्रेस, एमाले, नेकपा एस, लोसपा, जसपा, माओवादी केन्द्रले आजै एक संयुक्त विज्ञप्ति जारी गर्दै शन्तिपूर्ण रुपमा निकास खोजी गर्न माग गरेका थिए ।
उनीहरुले पक्राउ परेकालाई छाड्न र आन्दोलनको माग फिर्ता लिन आग्रह गरेका थिए ।

















सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन
जेठ १० गते यार्सागुम्बा संकलन गर्न पाइने
दराजले ल्यायाे ५.५ बिग समर सेल
डब्ल्यूएचओद्वारा दोस्रो ‘हान्टाभाइरस’ सङ्क्रमण पुष्टि
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा साढे दुई लाख विदेशी पर्यटक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया