बुधबार तपाईंको राशीले के भन्छ ?

आज वि.सं. २०७८ साल पौष महिनाको १४ गते बुधबार, पौष कृष्णपक्षको दशमी तिथि । आज जैविकबिबिधता दिवस रहेको छ ।
मेष
व्यक्तित्व चलाख खाले हुने छ । अलौकिक विषयहरुमा विश्वास बढ्ने छ । तर यो गरौँ कि त्यो गरौँ भन्ने लागि रहने हुँदा निर्णय क्षमतामा भारी गिरावट आउने छ । मनमा दुविधा आउने छ । रिस कडा देखा पर्ने भएकाले सावधान रहनु होला । व्यवस्थापकीय क्षमतामा निखारता आउने छ ।
वृष
बोलीको प्रभावमा औसतमा बृद्धि हुने छ । सपनामा आफ्ना पितृहरु देखिन जाने छ । बेलाबेला अनावश्यक रुपमा बोलीमा देखिने कडापनले हुन खोजेका कामलाई पनि अवरोध पार्ने छ । मनोमलमा कमि आउने छ । सुख सुविधाका साधन प्रयोग गर्ने विषयमा अबरोहरु आउने छन् । आम्दानीमा सकारात्मक बृद्धि हुने छ ।
मिथुन
मनोबलमा भारी गिरावट आउनेछ । कुलदेवताको आशिर्वादको कमि हुने छ । दृढताको अभावमा निर्णय नै गर्न नसक्ने खालको दुविधात्मक अवस्थामा पुर्याउने छ । बोलीमा भने नरमपना देखा पर्ने छ । साझेदारीमा गरिएका काममा समस्या देखा पर्न जाने छ । पैतृक सम्पत्ति नोक्सान हुने चुनौति देखिएको छ ।
कर्कट
अनायास सम्बन्धहरुमा चिसोपना आउने छ । दृढ खालको व्यक्तित्व हुने छ । तर भाग्यको साथ नरहेकाले गर्न खोजेका कामहरुमा अबरोधका श्रृङ्खला धेरै आउने भएकाले निरन्तर अघि बढ्ने बानी कायम राख्नु होला । पारीवारिक जीवनमा कलह र क्लेस चर्कने छ । पेशागत जीवन औसतमा स्थिर रहने छ । मेहनत र पराक्रमी स्वाभाव हुने छ ।
सिंह
भाग्यको साथ रहेकाले उन्नति प्रगतिका चरण प्राप्त हुने छ । भगवानको आशिर्वाद प्राप्त हुने छ । बोलीमा नरमपना आउने तथा व्यक्तित्व पनि नरम र सबैसँग मिल्ने खालेको बन्ने छ । दाम्पत्य जीवनमा भने समस्या देखा पर्न जाने भएकाले यसबारेमा सतर्क रहनु होला । आम्दानीमा अपेक्षा गरेको जस्तो प्रतिफल भने प्राप्त नुहने देखिन्छ ।
कन्या
आत्मबलको दृढताले गर्दा कठिनाईसँग जुध्ने र पार पाउने तागत प्राप्त हुने छ । आफ्नो लक्ष्यप्रति प्रतिवद्ध रहने व्यक्तित्व हुने छ । पेशागत जीवनमा उन्नति हुने छ । व्यवस्थापकीय क्षमतामा पनि बृद्धि हुने छ । साझेदारीमा गरिएका काममा भने समस्याहरु देखा पर्ने छन् । नकारात्मक सपनाले सताउने छ ।
तुला
मनमा दुविधाले असाध्यै सताउने छ । झुम्म परेको जस्तो लागि रहने छ । भाग्यको साथ नरहेकाले कमजोर मनोवल भएको व्यक्तित्व बन्ने छ । आफूले आफैप्रति विश्वास नलागे जस्तो हुने छ । लद्युताभाषको तिब्रताले सताउने छ । साझेदारीमा गरिएका काममा नोक्सानी व्योहर्नु पर्ने छ ।
वृश्चिक
व्यवस्थापकीय क्षमतामा तिब्र गिरावट देखिने छ । शान्त स्वाभावको व्यक्तित्व हुने भएकाले अरुले मन पराउने छन् । वाणिज्य, व्यवस्थापन, बोली प्रधान पेशा, शिक्षा क्षेत्र, शिक्षण, अध्यापन आदीमा संलग्नहरुलाई समय प्रतिकुल देखिएको छ । पेशागत जीवनमा विभिन्न समस्याहरु देखा पर्न पुग्दा तनाव सृजना हुने छ ।
धनु
विस्मृतिले सताउने छ । मनमा दृढता बढ्ने छ । कसैले पनि हेप्न सक्ने छैनन् । तर रिसको मात्रा धेरै हुने भएकाले यसबारेमा संयमित रहनु नै ठिक हुने छ । व्यक्तित्वमा पनि निखारता आउने छ ।साझेदारीमा गरिएका कामहरुमा गम्भीर चुनौतिहरु आउने छन् । प्रतिष्पर्धात्मक स्वाभाव हुने हुँदा अप्ठ्यारोमा पनि दृढटा भने आइरहने छ । आम्दानीमा ह्रास आउने छ ।
मकर
मनले कमाई गर्नु पर्छ भनि अघि बढ्न खोजे तापनि शारीरिक स्वास्थ्य, मनोबलले साथ दिने छैन् । शारीरिक रुपमा कमजोरीहरु देखा पर्ने छन् । जसले गर्दा आलश्यताले सताउने छ । पारीवारिक साथले गर्दा असजिलो परिस्थितिमा संहालिन मद्धत पुग्ने भएकाले परिवारको साथसहित अघि बढ्नु होला । छोटोछोटो यात्रा गर्नुपर्ने बाध्यात्मक अवस्था आउने छ ।
कुम्भ
अतिमहत्वाकांक्षा नराख्दा ठिक हुने छ । अन्तरमुखी स्वाभावमा बृद्धि हुनेछ । मनमा निराश भावहरु एकपछि अर्काे गर्दै निरन्तर आउँदा दुविधाको चपेटामा परिने छ । अध्ययन, अध्यापनमा प्रगति हुने छैन् । आम्दानीमा केही बृद्धि हुन जाँदा त्यसले केही राहत प्रदान गर्ने छ । सञ्चित धन तथा सम्पत्तिमा नोक्सानी व्योहर्नु पर्ने चुनौति देखिएको छ ।
मीन
बिबादबाट बच्ने प्रयास गर्नु होला । बौद्धिकतामा वृद्धि भए तापनि प्रतिष्पर्धात्मक क्षमतामा भने ह्रास देखा पर्ने छ । पेशागत जीवन स्थिर खालको रहने छ । बिस्मृतिले सताउने छ । उद्योग व्यवसायमा संलग्नहरुको हकमा भने श्रम समस्यासँग जुध्नु पर्ने छ । पारीवारिक जीवनमा मिलन हुने छ ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया