काठमाडौँमा १०.७ मिलिमिटर वर्षा, सिमरामा १३ मिलिमिटर

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेसँगै देशभर वर्षा भएको छ । उच्च पहाडी र हिमाली भेगमा मात्र होइन काठमाडौँका डाँडामा पनि हिउँ परेको छ ।
बुधबार बिहान काठमाडौंमा १०.७ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । काठमाडौँमा मंगलबार वर्षा भएको थिएन । कीर्तिपुर ११.४ मिलिमिटर वर्षा मापन भएको छ । अहिले पनि काठमाडौंमा फाट्टफुट्ट वर्षा भइरहेको छ ।
महाशाखाको ताजा विवरणअनुसार दिपालयमा १२, डडेल्धुरामा १२.२ र धनगढीमा २ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, सुर्खेतको वीरेन्द्रनगरमा ५ नेपालगञ्जमा २, जुम्लामा २.६ र घोराहीमा ०.६ मिलिमिटर वर्षा मापन भएको छ ।
पोखरामा ६.५, भैरहवामा १२.६, सिमरामा १३, ओखलढुंगामा ३ र ताप्लेजुङमा १२.३ मिलिमिटर वर्षा भएको छ । धनकुटा र जनकपुरमा क्रमशः २.८ र १.५ मिलिमिटर वर्षा भए पनि विराटनगरमा वर्षा मापन भएको छैन ।
महाशाखाका अनुसार आज दिउँसो पनि देशका धेरै स्थानमा वर्षा हुने छ । बिहीबारबाट मात्र मौसममा सुधार आउने आँकलन गरिएको छ ।











ब्राजिलमा दुई सवारी ठाेक्किंदा बालबालिकासहित ११ जनाको मृत्यु
चिसोले महोत्तरीका विद्यालय बन्द
थाइल्यान्ड–कम्बोडियाबीच युद्धविराम सम्झौतामा हस्ताक्षर
क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ
नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
प्रतिक्रिया