वर्षासँगैको चिसोले बुटवलका शैक्षिक संस्था बन्द, व्यापार मेला पनि स्थगित

बुटवल । हिउँदे वर्षासँगै बढेको चिसोका कारण बुटवलका विद्यालय दुई दिन बन्द गरिने भएको छ । बुटवल उपमहानगरपालिकाले विहीबार र शुक्रबार शैक्षिक संस्था बन्द गराएको हो ।
पश्चिम न्यून चापीय प्रणालीका कारण चिसो बढेको र चिसोसँगै मंगलबार रातिदेखि नै वर्षासमेत भइरहेको भन्दै उपमहानगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्यको ख्याल गर्दै शैक्षिक संस्था बन्दको निर्णय गरेको हो ।
उपमहानगरपालिकाद्वारा बुधबार जारी सूचनामा उपमहानगरअन्तर्गत रहेका सामुदायिक तथा संस्थागत सबै विद्यालय बिहीबार र शुक्रबार दुई दिन बन्द गर्न आह्वान गरिएको छ ।
यसैबीच वर्षाका कारण बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेला पनि स्थगित भएको छ । वर्षा लगातार भएकाले बुधबार दिनभर कुनै कार्यक्रम नगरी मेला स्थगित गरिएको र अव वर्षा रोकिएपछि मात्रै मेला पूर्ववतरुपमा सञ्चालन हुने व्यापार मेलाका संयोजक गोविन्दप्रसाद गैरेले जानकारी दिए ।
एक दिन मेला रोकिँदा करिब तीन करोड बराबरको आर्थिक नोक्सानी हुने उनले बताए । ’स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ भन्ने नाराका साथ यही पुस ८ गतेदेखि बुटवलमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला सञ्चालन भइरहेको छ । व्यापार मेला पुस २० गतेसम्म चल्ने छ ।
















प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानी : विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ
संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया