नेपाल बैंकद्वारा स्वर्ण पदक प्राप्त गर्ने विद्यार्थीलाई सम्मान
मेरोन्यूज
२०७८ पुष १५ गते १३:५४

काठमाडौँ । नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्नातक तहमा उच्च स्थान हासिल गरी छत्रमान सिंह के.सी.स्वर्ण पदक प्राप्त गर्न सफल छात्रा श्री बबिता ग्वाछालाई सम्मान गरेको छ ।
भक्तपुरको बागेश्वरी कलेजमा अध्ययनरत छात्रा बबिता ग्वाछालाई विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहको अवसरमा सम्माननीय प्रधानमन्त्री तथा कुलपति शेर बहादुर देउवाले नेपाल बैंक लिमिटेड छत्रमान सिंह के.सी. स्वर्ण पदक प्रदान गरेका थिए ।
एक लाख रुपैयाँको अक्षय कोष स्थापना गरी सुरु भएको उक्त पदक विश्वविद्यालय व्यवस्थापन संकायमा सर्वोकृष्ट हुनेलाई दिँदै आएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले ग्वाछालाई बधाई दिँदै सम्मान गरेका थिए ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
प्रतिक्रिया