स्वर्ण विजेता महिला भालिबल टोली स्वदेश फिर्ता

काठमाडौँ । बंगलादेशमा सम्पन्न एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला टोली आज स्वदेश फर्किएका छन् । नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमन शर्मालगायतले नेपाली टोलीलाई स्वागत गरे । विमानस्थलमा टोलीलाई बाजा बजाएर स्वागत गरिएको थियो ।
गत मंगलबार सम्पन्न फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै स्वर्णपदक हात पारेको थियो । बंगलादेशको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर हलमा भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो ।
उक्त प्रतियोगितामा नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । यसअघि सन् २०१९ मा बंगलादेशमै भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको थियो । त्यस्तै पुरुषतर्फ खेलमा भने नेपाल चौथो स्थानमा रह्यो । तेस्रो स्थानका लागि भएको भिडन्तमा उज्वेकिस्तानसँग नेपाल ३–० को सेटमा पराजित भएसँगै चौथो स्थानमा रहेको हो । पुरुष टोली पनि आजै स्वदेश फर्किएका छन् । सरकारले उक्त च्याम्पियन टोलीका १२ सदस्यीय खेलाडीलाई जनही पाँच लाख तथा दुई प्रशिक्षकलाई जनही तीन लाख दिने निर्णयसमेत गरिसकेको छ ।









दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
छुटे दुर्गा प्रसाईं
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
प्रतिक्रिया