प्रतिवेदनको मूल स्पिरिटप्रति सबैको समर्थन छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी महाधिवेशनमा आफूले पेस गरेको राजनीतिक दस्तावेजमाथि सवैको समर्थन रहेको बताएका छन् । बिहीबार बन्दसत्रबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रचण्डले दस्तावेजमाथि सवै समूहको आमरुपमा समर्थन रहेको बताएका हुन् ।
उनलाई काउन्टर दिने गरि नेताहरु राम कार्की र लेखनाथ न्यौपानेले फरक मत पेस गरेको छन् । तर प्रचण्डले फरक मत विवाद हुने खालको नभएको बताए । ‘फरक मत भनेर त्यस्तो विवाद हुने खालको एउटा पनि छैन । तपाईंहरु कोही भ्रममा नपर्नुहोला। दस्तावेजलाई परिमार्जन गर्न सहयोग पुग्ने ढंगले नै सबैले धारणा राख्नुभएको छ’ प्रचण्डले भने ।
दस्ताबेज नभएको भन्दा पनि सुधारको सुझाव आएको उनको दाबी छ । ‘दस्तावेजप्रति सबै समूहको आमरुपमा समर्थन छ । त्यसलाई परिमार्जन गर्न मिहिनेत गरेर ग्रुपले यहाँ यहाँ सुर्धानुर्पछ, यहाँ पुग्या छैन भनेर भन्ने कुरा पनि गर्नुभएको छ। दस्तावेजको मूल स्पिरिटप्रति सबैको समर्थन छ ।’ विभिन्न २५ समूह बनाएर गरिएको छलफलका क्रममा नेताहरुको सम्पत्ति छानविन, नेता व्यवस्थापन, राजनीतिक दलहरुमाथिको दृष्टिकोण लगायतमा नेताहरुले प्रश्न राखेका थिए ।















विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
प्रतिक्रिया