इमेलबाट आयो कुमारी बैङ्कलाई सिस्टम ह्याक गर्ने चेतावनी

काठमाडौं । ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ’ भनेजस्तै बिहीबार नेपालको बैङ्किङ क्षेत्र फेरि एक पटक तर्सिएको छ । अज्ञात समूहले कुमारी बैङ्कलाई सिस्टम ह्याक गर्ने चेतावनी दिँदै इमेल पठाएपछि बिहीबार दिनभर बैङ्कका ग्राहक र सरोकारवाला फेरि त्रासमा परेका थिए ।
कुमारी बैङ्कले ह्याक गर्ने इमेल पाएपछि नियामक निकाय राष्ट्र बैङ्कलाई जानकारी गराएको थियो भने राष्ट्र बैङ्कले पनि मातहतका सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थालाई सचेतना अपनाउन सर्कुलर गरेको थियो ।
साउदी ग्रुप अफ कम्पनी नामबाट पठाइएको इमेलमा प्रणाली ह्याक गरेर पैसा लैजाने कुरा उल्लेख छ । राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले प्रणाली ह्याक गर्ने इमेल आएपछि उच्च सतर्कता अपनाइएको बताउनुभयो । विश्वमा दिनको ३०औँ हजार ह्याकिङका प्रयास हुने गरेको बताउँदै उनले त्यसकै एउटा प्रयास भएको बताउँछन् । नेपालको बैङ्किङ प्रणाली प्रभावकारी र बलियो रहेको बताउँदै उनले भने, ‘निक्षेपकर्ताको रकम बैङ्कमा सुरक्षित छ । बैङ्किङ प्रणाली पनि एकदमै सुरक्षित छ । यसमा कोही डराउनुपर्दैन ।’
गत साउनमा पनि नेपाल राष्ट्र बैङ्कसहित १५ वटा वाणिज्य बैङ्कको सिस्टम ह्याक गर्ने चेतावनीपूर्ण सन्देश सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यतिबेला नेपाल राष्ट्र बैङ्कका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैङ्कका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको इमेलको स्क्रिनसट धेरैका हातहातमा पुगेपछि यसले सर्वसाधारणलाई आतङ्कित बनाएको थियो ।
त्यसबेला इमेल साथै सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज आएको थियो भने राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागका प्रमुख एवं प्रवक्ता देवकुमार ढकाललाई अन्तर्राष्ट्रिय नम्बरबाट फोनसमेत आएको थियो । आफूलाई ह्याकर बताउने समूहले नेपाल राष्ट्र बैङ्कसहित १५ वटा वाणिज्य बैङ्कको सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज पठाएको थियो भने कलसमेत गरेको थियो ।
भाइबर र म्यासेन्जरमा यस्तो म्यासेज प्राप्त भएपछि तत्काल नेपाल राष्ट्र बैङ्क र विभिन्न बैङ्कको सिस्टम चेक गर्दा सिस्टम सुरक्षित रहेको र ह्याक नभएको तथा डराउनुपर्ने अवस्था नभएको भन्दै राष्ट्र बैङ्कले आश्वस्त तुल्याएको थियो । आजको पत्रपत्रिकामा समाचार प्रकाशित छ ।

















मुस्ताङमा खस्यो ४२.८४ प्रतिशत मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचन : कैदीबन्दीले गरे मतदान
१२ बजेसम्म देशभर करिब ३२ लाख मत खस्यो
हुम्लामा शान्तिपूर्ण रूपमा मतदान जारी
एमाले अध्यक्ष ओलीले गरे मतदान
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
प्रतिक्रिया