माधव नेपालको पार्टी र राष्ट्रिय जागरण परिषदबीच आज एकता हुँदै
मेरोन्यूज
२०७८ पुष १६ गते १२:०८

काठमाडौं । साध्यबहादुर भण्डारी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने भएका छन् ।
एकीकृत समाजवादी र भण्डारी नेतृत्वको राष्ट्रिय जागरण परिषद्बीच शुक्रबार पार्टी एकता घोषणा गर्न लागिएको हो । यसअघि जनमोर्चाबाट अलग्गिएर भण्डारीले राष्ट्रिय जागरण परिषद् घोषणा गरेका थिए ।
जागरण परिषदका अध्यक्ष भण्डारी यसअघि नेकपा एकताका बेला नेकपामा प्रवेश गरेका थिए ।
दुई दिनअघि मात्रै देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी) पार्टी पनि नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको थियो ।
काठमाडौंको होटल अर्यालमा शुक्रबार कार्यक्रम गरी औपचारिक रुपमा पार्टी एकता घोषणा गर्न लागिएको एकीकृत समाजवादीले जनाएको छ ।
सम्बन्धित











चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित
सर्वपक्षीय बैठकपछि चुनावको माहोल बनेको छः सञ्चारमन्त्री खरेल
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, २ जना भारतीय नागरिक पक्राउ
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
प्रतिक्रिया