माधव नेपालको पार्टी र राष्ट्रिय जागरण परिषदबीच आज एकता हुँदै
मेरोन्यूज
२०७८ पुष १६ गते १२:०८

काठमाडौं । साध्यबहादुर भण्डारी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने भएका छन् ।
एकीकृत समाजवादी र भण्डारी नेतृत्वको राष्ट्रिय जागरण परिषद्बीच शुक्रबार पार्टी एकता घोषणा गर्न लागिएको हो । यसअघि जनमोर्चाबाट अलग्गिएर भण्डारीले राष्ट्रिय जागरण परिषद् घोषणा गरेका थिए ।
जागरण परिषदका अध्यक्ष भण्डारी यसअघि नेकपा एकताका बेला नेकपामा प्रवेश गरेका थिए ।
दुई दिनअघि मात्रै देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी) पार्टी पनि नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको थियो ।
काठमाडौंको होटल अर्यालमा शुक्रबार कार्यक्रम गरी औपचारिक रुपमा पार्टी एकता घोषणा गर्न लागिएको एकीकृत समाजवादीले जनाएको छ ।
सम्बन्धित
















अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया