सोमबार, पुष ७, २०८२

अंग्रेजी नयाँ वर्षमा ढाका टोपी र नेपाली पोशाक (फोटोफिचर)

मेरोन्यूज २०७८ पुष १७ गते १४:००

काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२२ को आरम्भमा आज नेपालीहरुले स्वस्फूर्त रुपमा टोपी दिवस मनाएका छन् । विगतका वर्षहरुमा जस्तै यो वर्षपनि नेपाली टोपी लगाएर नेपालीपनका साथ मनाइएको हो ।

नेपालीहरुले जनवरी १ मा नेपाली पोशाक र ढाका टोपी लगाएर नवौं नेपाली पोशाक दिवस मनाएका हुन् । काठमाडौं लगायत देशका विभिन्न ठाउँमा नेपाली पोशकमा र्यालीहरु गरिएका छन् ।

नवौं राष्ट्रिय पोशाक दिवसका अवसरमा काठमाडौंको बसन्तपुरबाट पनि नेपाली पोशाक दौरा सुरुवाल तथा ढाका टोपी तथा महिलाहरु गुन्यूचोलीमा नेपाली पञ्चेबाजासहित र्याली निकालिएको छ ।

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् ।

राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपाल, स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्युचोली राष्ट्रिय जागरण अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण महाअभियान नेपाल लगायतका संघसंस्थाले आज र्याली निकालेका छन् ।

थप तस्वीरहरु

प्रतिक्रिया