अंग्रेजी नयाँ वर्षमा ढाका टोपी र नेपाली पोशाक (फोटोफिचर)

काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२२ को आरम्भमा आज नेपालीहरुले स्वस्फूर्त रुपमा टोपी दिवस मनाएका छन् । विगतका वर्षहरुमा जस्तै यो वर्षपनि नेपाली टोपी लगाएर नेपालीपनका साथ मनाइएको हो ।
नेपालीहरुले जनवरी १ मा नेपाली पोशाक र ढाका टोपी लगाएर नवौं नेपाली पोशाक दिवस मनाएका हुन् । काठमाडौं लगायत देशका विभिन्न ठाउँमा नेपाली पोशकमा र्यालीहरु गरिएका छन् ।
नवौं राष्ट्रिय पोशाक दिवसका अवसरमा काठमाडौंको बसन्तपुरबाट पनि नेपाली पोशाक दौरा सुरुवाल तथा ढाका टोपी तथा महिलाहरु गुन्यूचोलीमा नेपाली पञ्चेबाजासहित र्याली निकालिएको छ ।
मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् ।
राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपाल, स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्युचोली राष्ट्रिय जागरण अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण महाअभियान नेपाल लगायतका संघसंस्थाले आज र्याली निकालेका छन् ।
थप तस्वीरहरु





















गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
प्रतिक्रिया