आर्सनलविरुद्ध पुनरागमन जितसहित सिटीलाई ११ अंकको अग्रता

काठमाडौं । आर्सनलविरुद्ध पुनरागमन जितपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा ११ अंकको अग्रता बनाएको छ ।
१० खेलाडीमा सीमित आर्सनलको घरेलु मैदान इमिरेटस् स्टेडियममा रियाद मेहरेज र रोड्रिले गोल गरेपछि सिटीले उपाधि यात्रा बलियो बनाएको हो । खेलको ३१ औं मिनेटमा बुकायो साकाले गोल गर्दै घरेलु टोली आर्सनललाई अग्रता दिलाए । ५७ औं मिनेटमा पाएको पाएको पेनाल्टी सदुपयोग गर्दै रियादले सिटीलाई १–१ को बराबरीमा ल्याए ।
५९ औं मिनेटमा गाब्रियल मगालहेसले दोहोरो पहेँलो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो । ९० मिनेट पछिको इन्जुरी समयमा रोड्रिले बक्स भित्र पाएको बललाई सदुपयोग गरेपछि सिटीले सिजनको १७ औं जित पायो ।
जितसँगै सिटीले शीर्षस्थानमा रहँदै ५३ अंक बनाएको छ । एक खेल कम खेलको चेल्सी ४२ अंक सहित दोस्रो स्थानमा छ भने २ खेल कम खेलेको लिभरपुल ४१ अंक सहित तेस्रो स्थानमा छ ।









आठौँ सामाजिक सुरक्षा दिवस : साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र
हङकङकाे आवासिय भवनमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता
जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया