आर्सनलविरुद्ध पुनरागमन जितसहित सिटीलाई ११ अंकको अग्रता

काठमाडौं । आर्सनलविरुद्ध पुनरागमन जितपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा ११ अंकको अग्रता बनाएको छ ।
१० खेलाडीमा सीमित आर्सनलको घरेलु मैदान इमिरेटस् स्टेडियममा रियाद मेहरेज र रोड्रिले गोल गरेपछि सिटीले उपाधि यात्रा बलियो बनाएको हो । खेलको ३१ औं मिनेटमा बुकायो साकाले गोल गर्दै घरेलु टोली आर्सनललाई अग्रता दिलाए । ५७ औं मिनेटमा पाएको पाएको पेनाल्टी सदुपयोग गर्दै रियादले सिटीलाई १–१ को बराबरीमा ल्याए ।
५९ औं मिनेटमा गाब्रियल मगालहेसले दोहोरो पहेँलो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो । ९० मिनेट पछिको इन्जुरी समयमा रोड्रिले बक्स भित्र पाएको बललाई सदुपयोग गरेपछि सिटीले सिजनको १७ औं जित पायो ।
जितसँगै सिटीले शीर्षस्थानमा रहँदै ५३ अंक बनाएको छ । एक खेल कम खेलको चेल्सी ४२ अंक सहित दोस्रो स्थानमा छ भने २ खेल कम खेलेको लिभरपुल ४१ अंक सहित तेस्रो स्थानमा छ ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
प्रतिक्रिया