आजको राशिफल : पौष १८ गते आइतबार

आज वि.सं. २०७८ साल पौष महिनाको १८ गते आइतबार, पौष कृष्णपक्षको अमावश्य तिथि । आज गयामौनी औंसी रहेको छ ।
मेष
मन फुरुङ्ग हुने छ । स्थिरताको आभाष हुने र उमङ्ग प्राप्त हुनेछ । आँटेका कामहरु उत्साहजनक तरीकाबाट अघि बढ्ने छ । पेशागत जीवनमा नयाँपना अनुभूति हुने छ । आम्दानीमा बृद्धि हुने छ । घर जग्गाको कारोबारबाट लाभ मिल्ने छ ।
वृष
आर्थिक कठिनाई उत्पन्न हुने छ । पेशागत जीवनमा पनि उल्झनहरुको सामना गर्नु पर्ने छ । मनमा अस्थिरताका क्रमहरु एकपछि अर्काे गर्दै आउने हुँदा तनाव कायम हुने छ । दाम्पत्य जीवनमा एकअर्काको भरोषा कायम रहने छ । सवारीसाधनसम्बन्धी विषयमा समस्या खेप्नु पर्ने छ ।
मिथुन
स्वास्थ्यमा समस्या देखिने हुँदा अस्पतालजन्य खर्चहरु बढ्न पुग्ने छ । मुद्धा मामिलासम्बन्धी विषय उत्पन्न हुने र धाउनु पर्ने छ । परिवारका सदस्यहरुबीच सद्भाव र सहयोगको वातावरण कायम हुने छ । पेशागत जीवन सहज हुने छैन । आर्थिक पक्ष पनि कठिनाईबाट अघि बढ्ने छ । धैर्य भएर कदमहरु चाल्नु होला ।
कर्कट
साथिभाइको साथ मिल्ने छ । खर्च भने अलि बढ्न जाने छ । रसिक स्वाभावको व्यक्ति हुने हुँदा मिलनसारपना आउने छ । मनोरञ्जनात्मक गतिबिधिमा खर्च बढ्ने छ । प्रहरी प्रशासनको फन्दामा पर्ने जोखिम देखिएकाले सतर्क रहनु होला । पेशागत जीवन औसत खालको हुने छ । नयाँ गन्तब्यमा यात्रा हुने छ ।
सिंह
महत्वपूर्ण जिम्मेवारी हात लाग्ने छ । पेशागत जीवनमा सफलताहरु प्राप्त हुने छन् । आफु भन्दा माथिका हाकिमहरुको विश्वास आर्जन हुने छ । कला साहित्य तथा संगीत जस्ता सृजनशिल क्षेत्रमा कदम अघि बढ्ने छन् । आर्थिक पक्ष सुदृढ रहने छ । परिवारमा शान्तिपूर्ण वातावरण बन्ने छ ।
कन्या
अलि कडा शैलीको व्यक्तित्व बन्ने हुँदा झैझगडाको अवस्था आउने छ । स्वादिष्ट भोजनको अवसर प्राप्त हुने छ । सामाजिक जीवनमा भुमिका खेल्न मन लाग्ने छ । स्वास्थ्यमा भने असन्तुलन पैदा हुँदा मनोबलको कमि हुने छ । विदेश यात्राको ढोका खुल्न खोजे पनि केही समस्याका कारण अड्चन देखा पर्ने छ ।
तुला
विदेश यात्रा सफल हुने छ । जीवनसाथिको साथका कारण व्यावहारिक रुपमा निकै सहजता उत्पन्न हुने छ । सफलताका मात्राहरु एकपछि अर्काे गरि आउने छन् । पेशागत जीवन फलदायी रहने छ । परिवारमा प्रेममय वातावरण बन्ने छ । बन्धु बान्धवहरुसँग मिलन हुने छ भने सौहार्दतामा बृद्धि हुने छ । यौन जीवनमा संयमित रहनु होला ।
वृश्चिक
मान सम्मान प्राप्त हुने छ । अरुले कदर गर्ने छन् । पेशागत जीवनमा सफलताहरु हात पर्ने छन् । आर्थिक जीवन सहज बन्ने छ । खर्च गर्नु पर्ने बाध्यात्मक अवस्था आउने भएकाले खर्च बढ्न जाने छ । जोखिमपूर्ण क्षेत्रमा सक्रियहरुलाई लाभ मिल्ने छ । बोली प्रभावकारी हुने छ । चोरी हुने खतरा रहेकाले चनाखो रहनु होला ।
धनु
प्राप्त भइरहेको विश्वासमा कमि आउने छ । भाग्यको साथ नभएकाले संघर्ष धेरै गर्नु पर्ने छ । गलत संगत जस्ता विषयमा निकै चनाखो रहनु होला । सवारीसाधनसम्बन्धी विषयमा धैर्य भएर संचालन गर्नु होला । पश्चातापका क्रमहरु मनमा देखा पर्दा तनावपूर्ण मनस्थिति बन्न पुग्ने छ । बौद्धिकतामा कमि आउने छ ।
मकर
पेशागत जीवनमा कठिनाईको सामना गर्नु पर्ने छ । उल्झन र आरोप प्रत्यारोपका कारण उत्साहको कमि हुन जाने छ । परिवारमा झैझगडाको अवस्था आउने छ । पैतृक सम्पत्ति बेचबिखन गर्नु पर्ने बाध्यात्मक अवस्था आउने भएकाले आर्थिक चुनौति थपिने छ । दाम्पत्य जीवनमा कटुता र असमझदारी उत्पन्न हुने छ ।
कुम्भ
बोलीको प्रभावमा बृद्धि हुने छ । नयाँ नयाँ मानिसहरुसँग भेटघाट हुने अवसर प्राप्त हुने छ भने नयाँ स्थानमा भ्रमण हुने छ । पेशागत जीवन सकारात्मक दिशामा अघि बढ्ने छ । नयाँ सोच र योजनाहरु बन्ने छन् । परिवारमा विश्वासको कमि देखिने छ । एकलकाँटे स्वाभाव त्याग्ने जमर्काे गर्नु होला । रिस नियन्त्रण नगरे प्रत्युत्पादक हुने छ ।
मीन
आर्थिक पक्ष सवल बन्ने छ । घर घडेरी तथा सवारीसाधनको कारोवारमा सँलग्नहरुलाई फाइदा मिल्ने छ । पेशागत जीवनमा उन्नतिका संकेतहरु स्पष्ट हुने छन् । नयाँ वाहन खरिदको निर्णय गर्न मन लाग्ने छ । मनमा अन्योलताका क्रम भने औसत भन्दा बढि देखिन जाने छ । दाम्पत्य जीवनमा उत्साहपूर्ण वातावरण कायम हुने छ ।
(गुरु पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया