एमाले सुदूरपश्चिममा कुन जिल्लामा को आकांक्षी ?

धनगढी । नेकपा (एमाले)को जिल्ला अधिवेशन नजिकिँदै जाँदा सुदूरपश्चिम प्रदेशमा नेतृत्वका आकांक्षीले दौडधुप बढाएका छन् ।
सुदूरपश्चिमका नौ जिल्लामध्ये अछाममा मात्र एक जनाले पत्रकार सम्मेलन गरेर अध्यक्षमा दावी गरेका छन् । बाँकी जिल्लामा आकांक्षी आन्तरिक तयारीमा जुटेका छन् । एमालेको जिल्ला महाधिवेशन २३ पुसमा हुँदैछ ।
कैलाली ः कैलालीमा एमालेका वर्तमान अध्यक्ष रतन थापा, उपाध्यक्ष रणबहादुर चन्द र डेजी पोण्डे आकांक्षी देखिएका छन् । एमालेको नवौँ महाधिवेसनमा उपाध्यक्षमा निर्वाचित थापा र सचिवमा निर्वाचित चन्दले एमाले विभाजनपछि अध्यक्ष र उपाध्यक्षको पद सम्हालिरहेका छन् । दुवै जनाले स्वभाविक रुपमा आफूहरुको उम्मेदवारी हुने बताएका छन् ।
थापाले आफू उपाध्य भइसकेकाले स्वभाविक रुपमा अध्यक्षमा दाबी रहने बताए । उनले सहमतिमै आफू अध्यक्ष बन्ने दाबीसमेत गरे ।
चन्दले पनि स्वभाविक रुपमा आफू अध्यक्षको दावेदार भएको बताएका छन् । ‘विद्यार्थीकालदेखि नै एमालेको संगठन निर्माणमा जुटेको र अहिलेसम्म मैले त्याग गरेको छु,’ चन्दले भने, ‘त्यसैले पनि म अध्यक्षका लागि दावेदार हुँ, सबैले मलाई सहजरुपमा सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ ।’ अर्का आकांक्षी पाण्डेले पनि पार्टी निर्माणका लागि लामो समय काम गरेको भन्दै अब नेतृत्वमा आउन चाहेको बताएका छन् ।
कञ्चनपुर ः कञ्चनपुरमा एमालेका वर्तमान अध्यक्ष वीरबहादुर थापा र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट अध्यक्षमा लागि आकांक्षी देखिएका छन् । दुबै जना आन्तरिक तयारीमा रहे पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छैनन् ।
डडेल्धुरा ः डडेल्धुरामा अध्यक्षका लागि वर्तमान अध्यक्ष प्रकाश साउँदसँगै अमरगढी नगरपालिकाका मेयर विशेश्वर प्रसाद ओझा, राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष गजेन्द्र शाही र प्रदेश कमिटी सदस्य तथा अधिवक्ता पदम पाल आकांक्षी देखिएका छन् । तर, कुनै पनि नेताले अहिलेसम्म उम्मेदवारी घोषणा गरेका छैनन् ।
बैतडी ः बैतडीमा वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द अध्यक्ष पदमा आकांक्षी छन् । दुबै नेताले आन्तरिक तयारी थालेपनि उम्मेदवारी घोषणा गरिसकेका छैनन् ।
दार्चुला ः दार्चुलामा वर्तमान अध्यक्ष रामचन्द्र जोशी सहमति भए पुनः अध्यक्ष बन्ने दाउमा छन् । उनीसँगै नौगाढ गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामी, एमाले प्रदेश कमिटी सदस्य मोहनसिंह धामी, वर्तमान उपाध्यक्ष उदयसिंह बडाल, ज्ञानेन्द्र घर्ती पनि अध्यक्षका लागि आकांक्षी देखिएका छन् ।
बाजुरा ः बाजुरामा कालीबहादुर शाही, भरत थापा, भरत बुढा र लालबहादुर ओली अध्यक्षका आकांक्षी छन् ।
बझाङ ः बझाङमा भने अहिलेसम्म अध्यक्षमा आकांक्षी खुलिसकेका छैनन् । एमाले जिल्ला सदस्य नवराज भट्टका अनुसार अहिले नेताहरु संगठन विस्तारका लागि स्थानीय तह केन्द्रित भएका कारण आकांक्षी खुलेका छैनन् ।
अछाम ः अछाममा प्रकाश शाहले पत्रकार सम्मेलन गर्दै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनीसँगै अछाममा चन्द्र बोहरा र कृष्णप्रसाद जैसी पनि अध्यक्षका आकांक्षी छन् । (न्यूज कारखाना)










एमाले महाधिवेशनपछि आज पहिलोपटक प्रदेश र जिल्ला कमिटीको भर्चुअल बैठक
दुई संसदीय समितिको बैठक बस्दै
गोकुल बास्कोटाको कटाक्ष : चुनाव हुँदैन भन्देै दलहरु भित्रभित्रै समानुपातिक उमेदवार नाम बटुल्दैछन्
चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट
कस्तो छ आज देशभरको माैसम ?
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया