सोमबार, पुष १४, २०८२

माओवादी केन्द्रको अध्यक्षमा पुनः प्रचण्ड चयन

मेरोन्यूज २०७८ पुष १९ गते १७:०३

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षको जिम्मेवारी पुन: पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् । सानेपास्थित हेरिटेज गार्डेनमा बसेको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा प्रचण्डलाई  अध्यक्ष बनाउने निर्णय गरेको हो ।

नव निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकबाट प्रचण्डलाई आगामी ५ वर्षको लागि अध्यक्षमा चयन गरेको हो । २०४४ सालमा पार्टीको महासचिव भएदेखि प्रचण्डले माओवादीको नेतृत्व गर्दै आएका छन् । विगत करिब ३५ वर्षदेखि निरन्तर पार्टी प्रमुख रहदै आएका प्रचण्ड अब ४० औं वर्षको लागि नेतृत्वमा चयन भएका हुन् ।

प्रतिक्रिया