राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सुरु

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि सुरु भएको छ । ओमनमा हुने आइीसिसी पुरुष टि–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले यसअघि ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो ।
जसअनुसार नेपाली टोलीको प्रशिक्षण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुुरु भएको हो । त्रिवि मैदानमा पहिलो दिन १४ खेलाडी सहभागी थिए । पहिलो दिन टोली फिटनेश परीक्षण गर्नुको साथै सामान्य अभ्यास गरेको थियो । आइतबार राति मात्र होटल पुगेका ६ जना खेलाडीको पिसिआर परीक्षणको रिपोर्ट नआएका कारण होटलमै छन् ।
कप्तान सन्दीप लामिछाने भने बिग व्यास लिगको लागि अष्ट्रेलियामामा छन् । बाँकी नौ खेलाडीको पनि पिसिआर परीक्षणको तयारीमा रहेको क्यानले जनाएको छ । बन्द प्रशिक्षणमा परेका खेलाडीमा कप्तान लामिछानेसहित ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, शरद भेषवाकर, करण केसी, सोमपाल कामी, आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख र कमल सिंह ऐरी रहेका छन् ।
त्यसैगरी शाहब आलम, सन्दीप जोरा, अविनाश बोहरा, सुशन भारी, पवन सर्राफ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुलशन झा, नन्दन यादव, जीतेन्द्रकुमार मुखिया, विवेक यादव, सौरभ खनाल, राजेश पुलामी, किशोर महतो, सागर ढकाल र हरिशंकर साह छन् ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया