ओमिक्रोन: डेल्टाको तुलनामा धेरै ट्रान्समिसिबल तर कम गम्भीर

लण्डन । कोराना भाइरसको ओमिक्रोन भेरियन्ट बारे जनचेतना दिने उदेश्यले गैरआवासीय नेपाली संघले स्वास्थ्य सम्बन्धी सामग्री प्रकाशन गरेको छ । संघको स्वास्थ्य समितिका अनुसार एनआरएनए स्वास्थ्य विशेषज्ञहरूले ओमिक्रोन भेरियन्ट र कोरोना भाइरस सम्बन्धी प्रश्नहरु र ती सम्बन्धी विषयमा जवाफ तयार गरेका छन् ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार समितिले आमजनताका लागि ओमिक्रोन भेरियन्ट र कोरोना भाइरस सम्बन्धी सामान्य प्रश्नको जवाफ तयार परेर सो सामग्री सोमवार सार्वजनिक गरेको हो । प्रारम्भिक तथ्याङ्कले ओमिक्रोन भेरियन्ट डेल्टा भेरियन्टको तुलनामा धेरै ट्रान्समिसिबल तर कम गम्भीर रहेको देखाएको स्वास्थ्य समितिले जनाएको छ ।
डा. सापकोटाले विश्वभरका नेपालीहरुलाई ओमिक्रोनलाई गम्भीरतापूर्वक लिन आगू गरेका छन् । उनले भाइरस लाग्न नदिन सबै रोकथामका उपायहरू जारी राख्नु पर्ने बताए । संघद्धारा प्रकाशित स्वास्थ्य जनचेतना सामग्रीमा ओमिक्रोनको प्रभाव, बच्ने उपाए, बुस्टर डोज लगायतको बारेमा जानकारी लिइएको छ ।

















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया