एमाले एक्लैले सत्तारुढ गठबन्धनलाई हरायो

नवलपुर । नवलपरासीपूर्वको देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा भएको निर्वाचनमा नेकपा एमाले एक्लैले सत्ता गठबन्धनलाई पराजित गरेको छ ।
खानेपानी संस्थाको आठौं अधिवेशन अन्तर्गत भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार खिमानन्द भुसालले गठबन्धनको प्यानललाई पराजित गरेका हुन् ।
खानेपानी संस्थाको निर्वाचनमा सहमतिको प्रयास असफल भएपछि एमाले एक्लै र गठबन्धनले संयुक्त प्यानल बनाएर चुनाव लडेका थिए ।
एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार भुसालले नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनका उम्मेदवार नारायणप्रसाद पौडेललाई पराजित गरे ।
एमालेका उम्मेदवार भुसालले गठबन्धनलाई ५ सय ५९ मतको फराकिलो अन्तरले हराएका छन् । भुसालले २ हजार ४ मत प्राप्त गर्दा पौडेलले १ हजार ४ सय ४५ मत प्राप्त गरे ।
सचिव पदमा भने संयुक्त गठबन्धनका इन्द्रमणि भुसालले जितेका छन् । उनले कुल १ हजार ६ सय ९९ मत ल्याई सूर्यप्रसाद न्यौपानेलाई २१ मतान्तरले पराजित गरे ।
लेखा समिति संयोजकमा रत्ना भुसाल १ हजार ८ सय ६ मतका साथ बिजयी भइन । उनका प्रतिद्वन्द्वी गठबन्धनका लिलाधर अधिकारीले १ हजार ५ सय ५३ मत ल्याए ।
प्रगतिनगर खानेपानीमा देवचुली नगरपालिकाको १० देखि १५ सम्मका ६ वटा वडाका नौ वटा ब्लक समेटिएको छ ।
निर्वाचनमा ३ हजार ५ सय ४९ मत खसेकोमा एमालेले २, ४, ५, ७, ८ र ९ वटा ब्लकमा जित हात पारेको छ ।
अध्यक्ष, सचिव, लेखा समिति संयोजक र दुई सदस्य तथा नौ वटा ब्लक सदस्यसहित १४ पदमा भएको निर्वाचनमा एमालेले अध्यक्ष र लेखासमिति संयोजकसहित १० पदमा जित निकाल्दा गठबन्धनले सचिवसहित १, ३ र ६ नम्बर ब्लक गरी ४ पदमा मात्रै जित हात पारेको छ ।
निर्वाचन समितिका संयोजक जीवलाल श्रेष्ठकाअनुसार खानेपानी संस्थाको निर्वाचनमा कुल ३ हजार ५ सय ४९ अर्थात् ७०.३२ प्रतिशत मत खसेको थियो ।









दुई सय र पाँच सय दरका भारतीय नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग
सिद्धार्थ बैंकका ग्राहकलाई द सोल्टी होटेल्स् एन्ड रिसोर्टमा २० प्रतिशतसम्म छुट
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
प्रतिक्रिया