माओवादीले पनि छान्यो राष्ट्रिय सभाका उम्मेदवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको टुंगो लगाएको छ । सत्ता गठवन्धन दलहरुसँग मिलेर चुनाव लडन लागेको माओवादीले १९ रिक्त स्थानमध्ये ५ वटा सिटमा उम्मेदवारी दिने भागवन्डा मिलेको थियो ।
माओवादी केन्द्रीय समितिको पहिलो वैठकले उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । सोही आधारमा प्रचण्डले सोमबार साँझ पार्टीको भागमा परेको ५ सिटमा उम्मेदवार तय गरेका हुन् ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले अध्यक्षले उम्मेदवार टुंग्गो लगाईसकेको बताए । उनका अनुसार प्रदेश २ महिलामा उर्मिला अर्याल, गण्डकी अन्यमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपांगमा सुर्खेतका नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेश दलित कोटामा जगत पार्कीलाई उम्मेदवार बनाउने निर्णय माओवादीले गरेको छ ।
माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । त्यसका लागि आज उम्मेदवार मनोनयन दर्ताका लागि निर्वाचन आयोगले कार्यतालिका बनाएको छ ।
सत्ता गठवन्धनले मिलेर चुनाव लडने गरी सोमबार सत्ता गठवन्धन दलको बैठक बसेर सिट भागवन्डा लगाएका थिए । जसमध्ये काग्रेसलाई ६, माओवादी र नेकपा एकीकृत समाजवादीलाई ५, ५ , जनता समाजवादीलाई २ र राष्टिय जनमोर्चालाई एउटा सिट दिने गरी भागवन्डा लगाएका थिए ।
सातै प्रदेशमा एक महिला, १ अन्य गरी २–२ जना, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट दलित १–१ जना, प्रदेश १ र कर्णाली प्रदेशबाट अपांगता वा अल्पसंख्यक भएका १–१ जनाका लागि निर्वाचन हुँदै छ ।
















फलामखानीको थप अनुसन्धान गरिँदै
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
कैलालीका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
‘Former PM Adhikari’s dedication unparalleled’
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
प्रतिक्रिया