माओवादीले पनि छान्यो राष्ट्रिय सभाका उम्मेदवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको टुंगो लगाएको छ । सत्ता गठवन्धन दलहरुसँग मिलेर चुनाव लडन लागेको माओवादीले १९ रिक्त स्थानमध्ये ५ वटा सिटमा उम्मेदवारी दिने भागवन्डा मिलेको थियो ।
माओवादी केन्द्रीय समितिको पहिलो वैठकले उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । सोही आधारमा प्रचण्डले सोमबार साँझ पार्टीको भागमा परेको ५ सिटमा उम्मेदवार तय गरेका हुन् ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले अध्यक्षले उम्मेदवार टुंग्गो लगाईसकेको बताए । उनका अनुसार प्रदेश २ महिलामा उर्मिला अर्याल, गण्डकी अन्यमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपांगमा सुर्खेतका नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेश दलित कोटामा जगत पार्कीलाई उम्मेदवार बनाउने निर्णय माओवादीले गरेको छ ।
माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । त्यसका लागि आज उम्मेदवार मनोनयन दर्ताका लागि निर्वाचन आयोगले कार्यतालिका बनाएको छ ।
सत्ता गठवन्धनले मिलेर चुनाव लडने गरी सोमबार सत्ता गठवन्धन दलको बैठक बसेर सिट भागवन्डा लगाएका थिए । जसमध्ये काग्रेसलाई ६, माओवादी र नेकपा एकीकृत समाजवादीलाई ५, ५ , जनता समाजवादीलाई २ र राष्टिय जनमोर्चालाई एउटा सिट दिने गरी भागवन्डा लगाएका थिए ।
सातै प्रदेशमा एक महिला, १ अन्य गरी २–२ जना, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट दलित १–१ जना, प्रदेश १ र कर्णाली प्रदेशबाट अपांगता वा अल्पसंख्यक भएका १–१ जनाका लागि निर्वाचन हुँदै छ ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
प्रतिक्रिया