आजको राशिफलः पौष २१ गते बुधबार

आज वि.सं. २०७८ साल पौष महिनाको २१ गते बुधबार, पौष शुक्लपक्षको तृतीया तिथि । आज गुरु गोविन्दसिंह जयन्ती रहेको छ ।
मेष
मनमा एकतमासको उदासिनताले सताइरहने छ । आत्माबल भने बलियो नै रहँदा धानिन मद्धत पुग्ने छ । पेशागत क्षेत्रमा सकारात्मकता तर्फ जाने छ । साझेदारीमा गरिएका काममा भने बाददिबाद उत्पन्न हुने छ । बाणिका कारण झैझगडा हुन सक्ने जोखिम देखिएकाले संयमित रहनु नै उत्तम हुने छ ।
वृष
आफ्नो कामप्रति अत्यन्त उत्साहका साथ काम गर्न मन लाग्ने छ । बोली प्रभावकारी हुँदा अरुको विश्वास जित्न सकिनेछ । पेशागत क्षेत्र अनुकुल बन्ने छ । आर्थिक व्यवस्थापनमा सहजता आउने छ । भाग्यको साथ रहेको छ ।
मिथुन
मानसिक रुपमा दुविधाले सताउने छ । दोहोरोपनाका कारण निर्णय क्षमतामा कमि आउने छ । पेशागत जीवनमा धैर्य भएर पाइला चाल्नु होला । जीवनसाथिको पूर्ण साथका कारण परिस्थिति सम्हालिन मद्धत मिल्ने छ । समय प्रतिकुल भएकाले धैर्य रहनु नै उत्तम हुने छ ।
कर्कट
कडापनका कारण मिलनसार स्वाभावमा कमि आउने छ । अरुले चर्काे आनिबानी भएको मानिसका रुपमा लिने छन् । पेशागत जीवनलाई धैर्य भएर अघि बढाउनु होला । यात्रामा जानु पर्ने हुने छ । दाम्पत्य जीवनमा मधुरता कायम नै रहने छ ।
सिंह
बौद्धिक क्षेत्रमा प्रगति हुने छ । परिवारमा एक अर्कामा विश्वास कायम रहने छ । पेशागत जीवनमा अनावश्यक विषयमा तानातान रहने छ । आर्थिक विषयमा तनावको अवस्था आउने छ । यात्रामा संयमता अपनाउनु होला ।
कन्या
आम्दानीमा बृद्धि हुँदा आर्थिक क्षेत्र सकारात्मक बन्ने छ । पेशागत क्षेत्रमा पनि थप जिम्मेबारी प्राप्त हुने छ । समाजबाट कदर प्राप्त हुने छ । बिरोधीहरुले पेल्न सक्ने छैनन् । दाम्पत्य जीवनमा भने कटुताको क्रम देखिने छ ।
तुला
निराशाले सताउने छ । मानसिक रुपमा अन्योलता आउने र धेरै सोच्ने बानी हुने छ । पेशागत जीवनमा शान्ति साथ पाइला चाल्नु पर्ने देखिन्छ । बोली भने नरमखालको बन्ने छ तर यसलाई अरुले कमजोरीका रुपमा लिँदा नकारात्मक अवस्था नै बन्न जाने छ । पैतृक सम्पत्तिका कारण निकै मद्धत मिल्ने छ ।
वृश्चिक
भायहिनताको अनुभूति हुने छ । पेशागत जीवनमा बादबिबादको अवस्था आउने छ । आँटेका कामहरु धेरै संघर्षबाट मात्र केही मात्र प्राप्त हुने छ । नकारात्मक सपनाका कारण मनमा तनाव थपिने छ । दाम्पत्य जीवनमा पनि कटुताका क्रम ह्वात्तै बढ्ने छ ।
धनु
प्रतिष्पर्धामा जित हासिल हुने छ । रिस भने नियन्त्रण गर्न विशेष ध्यान दिनु होला । पेशागत जीवन सकारात्मक गतिमा अघि बढ्ने छ । राजनीतिमा आवद्धहरुलाई फाइदा मिल्ने छ । विदेश यात्रामा सफलता प्राप्त हुने छ ।
मकर
धेरै जोखिमपूर्ण भन्दा औसत गति कायम गर्दा उपयुक्त हुने छ । पेशागत जीवनमा चुनौति बढ्ने छ । साझेदारी गरिएका काममा तनावपूर्ण वातावरण उत्पन्न हुने छ । शितल खालको व्यक्तित्व बन्दा अरुको मन जित्न भने सकिने छ । परिवारमा शान्तिको वातावरण हुने छ ।
कुम्भ
दाम्पत्य जीवनमा प्रेमपूर्ण वातावरण कायम हुने छ । व्यक्तित्वमा केही सुधार आउने छ । पेशागत जीवन औसत खालको हुने छ । मेहनति र पराक्रमी स्वाभावका कारण पाएको जिम्मेबारी निष्ठापूर्वक निभाउन मन लाग्ने छ । प्रेममा पनि सफलता प्राप्त हुने छ ।
मीन
भाग्य बलियो रहेकाले आँटेका काम पुरा हुने छ । पेशागत जीवनमा प्रगति हुने छ । आर्थिक रुपमा पनि लाभ मिल्ने छ । साझेदारीमा गरेका कामहरुबाट पनि लाभ मिल्ने छ । बाठो व्यक्ति हुने हुँदा समाजमा पनि सम्मान बढ्ने छ । यात्रामा भने कठिनाई भोग्नु पर्ने छ ।
(गुरु पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)










राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष श्रेष्ठ र सदस्य हाडाले लिए शपथ
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो
एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने सरकारकाे निर्णय
जेनजी सुशासन योद्धा : भट्ट परिवारको सहारा, कान्छो ढल्यो…
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
उत्कृष्ट खेलाडी बन्दै रोहित पौडेलले जिते कार
प्रतिक्रिया