गोरेका भाइ विमानस्थलबाटै समातिए

काठमाडौं । ३३ किलो सुन प्रकरणमा आरोपित भइ फरार रहेका रमेश उप्रेती पक्राउ परेका छन् । तस्करीका मुख्य नाइके भनिएका चुडामणि उप्रेती ‘गोेरे’ का भाई रमेश उप्रेतीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।
मंगलबार दुबईबाट एयर अरेबियाको विमानमार्फत नेपाल आएका उनलाई प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको हो । दुबईमा बस्दै आएका गोरेका भाई रमेश उप्रेतीमाथि उताबाट सुन नेपाल पठाउने गरेको आरोप लगाइएको छ ।
३३ केजी सुन हराएको जानकारी रमेशलाई पहिले नै भएको र गोरेले फोनबाट हराएको सुन खोजी भइरहेको समेत उनलाई जानकारी गराएको पनि अभियोगपत्रमा उल्लेख छ ।
तीन वर्षअघि नै उनलाई दुबई प्रहरीले नियन्त्रणमा लिएकोमा नेपाल प्रहरीले आवश्यक कागजपत्र उपलब्ध गराउन नसक्दा उनी छुटेका थिए । सुन प्रकरणका मुख्य योजनाकार भनिएका गोरेलाईसोनम शाक्यको हत्यासहितको अभियोगमा अदालतले जन्मकैद सजाय सुनाइसकेको छ ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया