गोरेका भाइ विमानस्थलबाटै समातिए

काठमाडौं । ३३ किलो सुन प्रकरणमा आरोपित भइ फरार रहेका रमेश उप्रेती पक्राउ परेका छन् । तस्करीका मुख्य नाइके भनिएका चुडामणि उप्रेती ‘गोेरे’ का भाई रमेश उप्रेतीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।
मंगलबार दुबईबाट एयर अरेबियाको विमानमार्फत नेपाल आएका उनलाई प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको हो । दुबईमा बस्दै आएका गोरेका भाई रमेश उप्रेतीमाथि उताबाट सुन नेपाल पठाउने गरेको आरोप लगाइएको छ ।
३३ केजी सुन हराएको जानकारी रमेशलाई पहिले नै भएको र गोरेले फोनबाट हराएको सुन खोजी भइरहेको समेत उनलाई जानकारी गराएको पनि अभियोगपत्रमा उल्लेख छ ।
तीन वर्षअघि नै उनलाई दुबई प्रहरीले नियन्त्रणमा लिएकोमा नेपाल प्रहरीले आवश्यक कागजपत्र उपलब्ध गराउन नसक्दा उनी छुटेका थिए । सुन प्रकरणका मुख्य योजनाकार भनिएका गोरेलाईसोनम शाक्यको हत्यासहितको अभियोगमा अदालतले जन्मकैद सजाय सुनाइसकेको छ ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया