विद्यार्थीको शुल्क फिर्ता गर्ने सहमति पछि खुल्यो मनिपाल

पोखरा । विद्यार्थीबाट अतिरिक्त रकम लिएपछि सुरु भएको आन्दोलन फिर्ता गर्ने सहमति पछि सकिएको छ । पोखराको मनिपाल कलेजले चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीबाट तोकिएको भन्दा ६ लाख रुपैयाँ बढी शुल्क लिएको उनीहरूको आरोप छ । त्यही शुल्कविरुद्ध विद्यार्थी संघ संगठनहरूले आन्दोलन गरेका थिए । निरन्तरको आन्दोलनपछि कलेज प्रशासनले शुल्क फिर्ता लिने निर्णय गरेको हो ।
मंसिर २० गते प्रशासनमा ताला लगाएर सुरु भएको आन्दोलन बुधबारको सहमति पछि सकिएको छ । मनिपाल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क कार्यान्वयन गराउन तयार रहेको प्रतिबद्धता जनाएको छ ।
यस्तै, चिकित्सा शिक्षा आयोगले तोकेको बाहेक विद्यार्थीहरूसँग कुनै पनि अतिरिक्त रकम नलिने, विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्कलाई आगामी वर्ष तिर्नुपर्ने शुल्कमा घट्ने गरी व्यवस्थापन गर्न तयार रहेको कलेजले जनाएको छ ।
आगामी दिनमा कलेज र स्थानीय समुदायसँग सहकार्यसहित समन्वयमा अघि बढ्ने बताइएको छ । विद्यार्थीहरू सहमत भएर बुधबारदेखि नै ताला खोलिएको अनेरास्ववियु गण्डकीका संयोजक प्रकाश पौडेलले जानकारी दिए । सम्झौता पत्रमा पौडेल र प्रशासनको तर्फबाट भानु भारद्वाजले हस्ताक्षर गरेका छन् ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया