विद्यार्थीको शुल्क फिर्ता गर्ने सहमति पछि खुल्यो मनिपाल

पोखरा । विद्यार्थीबाट अतिरिक्त रकम लिएपछि सुरु भएको आन्दोलन फिर्ता गर्ने सहमति पछि सकिएको छ । पोखराको मनिपाल कलेजले चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीबाट तोकिएको भन्दा ६ लाख रुपैयाँ बढी शुल्क लिएको उनीहरूको आरोप छ । त्यही शुल्कविरुद्ध विद्यार्थी संघ संगठनहरूले आन्दोलन गरेका थिए । निरन्तरको आन्दोलनपछि कलेज प्रशासनले शुल्क फिर्ता लिने निर्णय गरेको हो ।
मंसिर २० गते प्रशासनमा ताला लगाएर सुरु भएको आन्दोलन बुधबारको सहमति पछि सकिएको छ । मनिपाल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क कार्यान्वयन गराउन तयार रहेको प्रतिबद्धता जनाएको छ ।
यस्तै, चिकित्सा शिक्षा आयोगले तोकेको बाहेक विद्यार्थीहरूसँग कुनै पनि अतिरिक्त रकम नलिने, विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्कलाई आगामी वर्ष तिर्नुपर्ने शुल्कमा घट्ने गरी व्यवस्थापन गर्न तयार रहेको कलेजले जनाएको छ ।
आगामी दिनमा कलेज र स्थानीय समुदायसँग सहकार्यसहित समन्वयमा अघि बढ्ने बताइएको छ । विद्यार्थीहरू सहमत भएर बुधबारदेखि नै ताला खोलिएको अनेरास्ववियु गण्डकीका संयोजक प्रकाश पौडेलले जानकारी दिए । सम्झौता पत्रमा पौडेल र प्रशासनको तर्फबाट भानु भारद्वाजले हस्ताक्षर गरेका छन् ।










मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
आज विश्व ध्यान दिवस मनाइँदै
कर्णालीबाट वैदेशिक रोजगारी : सल्यानबाट सबैभन्दा बढी, डाेल्पा कम
यस्तो छ आजकाे निर्धारित विदेशी मुद्राको विनिमयदर
निर्वाचन प्रचारप्रसार गर्न बढीमा दुईवटा सवारीसाधन प्रयोग गर्न पाइने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया