जिल्ला कमिटीका लागि एमालेले ताेक्याे तीन बुँदे मापदण्ड

काठमाडाैं । नेकपा (एमाले)को ७७ वटै जिल्लामा एकैपटक जिल्ला अधिवेशन २३ पुसमा हुँदैछ । अघिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । जिल्ला नेतृत्वका आंकाक्षी वढी हुन थालेपछि र सकभर सहमतिवाट नेतृत्व चयनका लागि वाटो खोल्न एमालेको संगठन विभागले जिल्ला नेतृत्व वा पदाधिकारीमा आउनका लागि मापदण्ड निर्धारण गरेको छ ।
त्यसका लागि उसले मापदण्ड बनाएर जिल्ला जिल्लामा पठाएको छ । एमाले संगठन विभागले जिल्ला कमिटीसम्बन्धी तीन बुँदे मापदण्ड ७७ वटै जिल्लामा सर्कुलर गरेको छ ।
यी हुन् मापदण्ड
१-पदाधिकारी हुनका लागि दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालयमा सदस्य भइ काम गरिसकेको हुनुपर्नेछ ।
२- सदस्यका लागि जिल्ला कमिटी, जिल्ला विभाग वा एक तह मुनिको कमिटीमा कम्तिमा एक कार्यकाल पूरा गरेको हुनुपर्नेछ ।
३-एकता एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा ६३(११) अनुसारको हुनेछ ।
















सात वर्षीय बालकले राखे कीर्तिमान
इरान–अमेरिका तनावबीच मस्को दौडधुप
Man killed in wild boar attack
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया