सर्वोच्चको मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुँदै, भोलिको पेसीमा पनि समस्या आउन सक्ने
काठमाडौं । सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणाली बिहीबार अपरान्ह ४ बजेदेखि सेवा अवरुद्ध हुने भएको छ । अदालतको सर्भर अपडेट गर्नुपर्ने भएकाले २२ पुस अपरान्ह ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुने लागेको हो ।
अदालतमा प्रयोग रहेको सर्भर अपडेट गर्ने प्रयोजनका लागि बिहीबार अपरान्ह ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म मुद्दा व्यवस्थापनलगायतका प्रणालीहरुको प्रयोगमा अवरोध आउने भएका जनाउँदै सर्वोच्चले २२ पुसको पेसीमा स्थिति जनाउने लगायतका कार्य अपरान्ह ४ बजेअगावै सम्पन्न गर्ने गरी व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
‘सोही कारणले २३ पुस शुक्रबारसमेत प्रणालीहरुमा केही समस्या आउन सक्ने भएकाले धैर्यता गरिदिनु हुन र लामो समयसम्म समेत प्रणालीमा समस्या भइरहेमा सर्वोच्च अदालतको सूचना प्रविधि शाखामा सम्पर्क गर्न’ अदालतले अनुरोध गरेको छ ।
















रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने
‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
प्रतिक्रिया