प्रधानमन्त्री देउवा सहभागी हुने भाइब्रेन्ट गुजरात समिट स्थगित
मेरोन्यूज
२०७८ पुष २२ गते १३:०१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भाइब्रेन्ट गुजरात समिट स्थगित भएको छ । भारतको गुजरातमा जनवरी १० देखि १२ सम्म आयोजना गरिएको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको हो ।
कोरोना भाइरस कोभिड १९ को ओमिक्रोन भेरियन्टका कारण गुजरात सरकारले समिट स्थगित गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो समिटमा भाग लिन पुस २५ गते प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने कार्यक्रम थियो ।
तर अब प्रधानमन्त्री देउवाको भारत भ्रमण अनिश्चित भएको छ । उनको भारत जाने वा नजाने निर्णय भएको छैन । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रुपमा फैलिदै गएपछि भारतीय राष्ट्रिय कांग्रेससहितका विपक्षी दलले भाइब्रेन्ट गुजरात समिट रोक्न माग गरेका थिए । भारतमा पछिल्लो २४ घन्टामा ९० हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया