सुदर्शन केमिकलको च्यानल पार्टनर बन्यो एसके प्रालि
पोलिमर बजारमा उत्कृष्ट र गुणस्तर सामाग्रीको आपूर्ति सहज हुने

काठमाडौं । एसके(ESSKAY) प्रालिले भारतको सुदर्शन केमिकल इण्डस्टिजसँग च्यानल पार्टनरको रुपमा काम गर्ने भएको छ ।
हालै दुई कम्पनीका अधिकारीबीच यससँग सम्बन्धित सहमतिमा हस्ताक्षर भएको हो ।
उक्त सहमतिअनुरुप एसकेले प्लाष्टिक यधोगहरुका लागि आवश्यक पर्ने सुदर्शन केमिकलका ‘केमिकल पिग्मेन्ट’को बजारीकरणका साथै वितरणको काम समेत गर्नेछ । ‘पिग्मेन्ट’ प्लाष्टिकजन्य विभिन्न सामाग्रीको उत्पादन गर्दा विशेष रंग थप्न आवश्यक पर्दछ ।
यो सहमतिपछि अब एसकेले आफ्ना स्थानीय स्तरका गोदामहरुबाट सहज रुपमा केमिकल पिग्मेन्ट उपलब्ध गराउनेछ । यो कार्यले ग्राहकहरुमा पर्ने व्यवस्थापनको दवाब र कार्यशील पूँजी लगायतमा समेत सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
सुदर्शन इण्डियाले विगत ६० वर्षभन्दा बढी समयदेखि उच्च गुणस्तरका अर्गानिक र इन–अर्गानिक पिग्मेन्ट र इफेक्ट पिग्मेन्टहरु उत्पादन गर्दै आइरहेको छ । यस्ता पिग्मेन्टहरु प्लाष्टिक, कोटिङ्ग्स, सौन्दर्य प्रसाधन र विशेष उद्योगका उत्पादनहरुमा प्रयोग हुँदै आएको छ । सुदर्शन इण्डियाको सेल्स यूनिटका डेपुटी जनरल म्यानेजर कुशल चक्रवतीका अनुसार सुदर्शन केमिकल विश्वको तेस्रो ठूलो पिग्मेन्ट कम्पनीको रुपमा चिनिन्छ ।
बिगत ४० वर्षदेखि वितरकको रुपमा काम गर्दै आइरहेको एसके प्रालि प्लाष्टिक उद्योगसँग सम्बन्धित कच्चा पदार्थ, रसायन र मेसिनरी आपूर्तिका लागि ‘टिबरेवाला’को नामले परिचित छ । सुदर्शनसँग च्यानल पार्टनरको रुपमा काम गर्न पाउँदा आफूहरु उत्साहित भएको एसके प्रालिका कार्यकारी निर्देशक श्री एल.एन. सिंह जानकारी दिए । उनका अनुसार यो सहमतिले ग्राहकको सन्तुष्टि बढाउन मद्धत पुग्नेछ । यस्तै, स्थानीय स्तरमा बिक्री केन्द्रहरु खोलेर गुणस्तरीय सेवा समेत दिइने उनले बताए । उनले भने, ‘हामी सधैं ग्राहकको आवश्यकतालाई विशेष प्राथमिकता दिनेछौं ।’


















१०७ वर्षीय ज्येष्ठ नागरिकले गरे मतदान
राष्ट्रियसभा अध्यक्ष दाहालले गरे मतदान
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
गृहमन्त्री अर्यालद्वारा मतदान
सुरक्षा निकायका प्रमुखसहित ‘कन्ट्रोल रुम’बाट निर्वाचन क्षेत्रको ‘मनिटर’ गर्दै गृहमन्त्री
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानी आक्रमणमा अमेरिकी एफ-१५ लडाकु जेट कुवेतमा खस्याे
प्रतिक्रिया