माओवादीको पदाधिकारी चयन अव राष्ट्रियसभा चुनावपछि मात्रै
पुस २५ गते बोलाइएको केन्द्रीय समिति बैठक महाधिवेशनमा सहभागी १५ नेता बिरामी परेकाले स्थगन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी चयन अव राष्ट्रियसभा निर्वाचन पछि मात्र हुने भएको छ । अध्यक्ष वाहेक अन्य पदाधिकारी चयन नगरी वसेको माओवादी केन्द्रले पुस २५ को केन्द्रीय समिति बैठकबाट पदाधिकारी चयन गर्ने वताएको थियो ।
तर अन्तिम समयमा आएर माओवादी केन्द्रले पार्टीको केन्द्रीय समिति बैठक स्थगन गरेको छ ।
‘पर्सि २५ गते बोलाईएको केन्द्रीय समितिको बैठक हाललाई स्थगन गरिएको छ,’ माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकाल प्रशान्तले भने, -‘अर्काे वैठक अब कहिले भन्ने अहिले खुलेको छैन ।’
उनका अनुसार पार्टीको केन्द्रीय कार्यालयमा कार्यरत ५ जनामा कोभिड संक्रमण देखिएको र अन्य पार्टीको महाधिवेशनमा सहभागी १५ नेता विरामी परेकोले अहिलेलाई वैठक स्थगन गरिएको हो । अध्यक्ष प्रचण्डले पनि विहिवार देखि नै प्रत्यक्ष भेटघाट तथा वधाई र शुभाकमना लगायतका कार्यक्रम रोकेर वसेका छन् ।
विरामी १५ नेतामध्ये पनि ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको माओवादीले जनाएको छ। केन्द्रीय समिति स्थगन र अर्काे मिति तय नभएको कारण अव केन्द्रीय समितिको वैठक राष्ट्रियसभाको चुनाव पछि मात्र हुन सक्ने सम्भावना रहेको माओवादीको केन्द्रीय कार्यालय स्रोतले बताएको छ । राष्ट्रियसभा चुनाव माघ १२ गतेका लागि तय भएको छ । पार्टीका केन्द्रीय नेताहरु उर्मिला अर्याल, सुरेश आलेमगर, जगत पार्की लगायतका केही नेताहरु अहिले चुनावका उम्मेदवार छन् ।
चुनावी तयारीमा पार्टी र यसका नेताहरु जुटनु पर्ने भएकोले पनि अव अर्काे केन्द्रीय कमिटिको वैठक चुनाव पछि मात्र हुने र त्यसपछि मात्र पदाधिकारी चयन हुने माओवादीले जनाएको छ ।
माओवादी केन्द्रको पुस ११ देखि १८ गतेसम्म चलेको महाधिवेशनले २ सय ३६ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । त्यसपछि पुस २० गते बसेको निर्वाचित केन्द्रिय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई निर्विरोध अध्यक्ष निर्वाचित गरेको थियो । अन्य पदाधिकारी र थप विधान अनुसारको केन्द्रीय सदस्य चयन गर्न माओवादीले वाँकी नै छ ।
















सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
Tourism entrepreneurs troubled due to lack of separate bus park for tourist buses
दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया