एमाले जिल्ला अधिवेशन शुरु
सकेसम्म सहमतिमा जिल्ला नेतृत्व निर्माण गर्नुस् : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको जिल्ला अधिवेशनमार्फत सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न आग्रह गरेका छन् । पार्टीका अगाडी धेरै खाले चुनौति रहेको र पार्टीलाई एकतावद्ध बनाउनका लागि पनि सहमतिमा नेतृत्व चयन गर्नुपर्ने आवश्यकता रहेको भन्दै ओलीले जिल्ला अधिवेशनमा नेतृत्व निर्माण सकेसम्म सहमतिमै निर्माण गर्न पार्टी पङक्तिलाई आग्रह गरेका हुन् ।
६१ जिल्लाको जिल्ला अधिवेशनलाई पार्टीको केन्द्रीय कार्यालय थापाथलीवाट एकैसाथ अर्चुअलरुपमा उदघाटन गदै अध्यक्ष ओलीले त्यस्तो आग्रह गरेका हुन् ।
‘सकेसम्म सहमतिमा नेतृत्व निर्माण गर्नुस, कसैले पनि मन नखुम्चाई सहमतिमा पुग्न, सहमतिका साथ नेतृत्व निर्माण गर्न र एउटा टिम स्पिरिटका साथ अगाडी वढन आग्रह गर्छु,’ अध्यक्ष ओलीले भने,–‘कथंमकदाचित सहमति नभए स्वस्थ्य प्रतिस्पर्धामा जान आग्रह गर्छु ।’
ओलीले पार्टीका अगाडी चुनौति धेरै रहेको र पूरा गर्नुपर्ने दायित्व पनि धेरै रहेकोले त्यसमा ध्यान दिन पार्टी पङक्तिलाई ओलीले निर्देशन दिए ।
उनले विचारसहितको पार्टी निर्माण अहिलेको आवश्यकता रहेको र त्यसका निम्क्ति अगाडी वढने गरी पार्टी पंङक्तिलाई निर्देशन गरे ।
‘पार्टीमा अहिले एकता आवश्यक छ । उच्चस्तरीय संयमता, धैर्यता आवश्यक छ । आफना साना क्षणिक हित र प्रतिष्ठा भन्दा माथी उठेर ध्यान दिनुपर्ने वेला आएको छ ,’ ओलीले भने,-‘हामीले सहमतिको प्रयास पनि गरयौ, कही कतै सहमति नहुँदा लोकतान्त्रिक प्रक्रियाका लागि स्वस्थ्य प्रतिस्पर्धा अपनायौं । त्यसकारण अहिले पनि सकभर सहमतिमै पार्टी नेतृत्व चयन गरौं ।’
एमालेको गैह भौगोलिक र भौगोलिक गरी ८३ जिल्ला छन् । तर केही हिमाली जिल्लामा हिमपात र चिसो तथा केही जिल्लामा जिल्ला नेतृत्वमा रहेका नेताको निधनका कारण सम्मेलन हुन नसकेपनि ६३ जिल्लामा सम्मेलन आज शुरु हुँदैछ ।
ओलीले आफनो पार्टीको दस्तावेज हेरेर वहस गर्न आग्रह गरे । लोकतन्त्र, सामाजिक न्याय लगायतका विषयमा एमालेको दस्तावेज हेरेर मात्र टिप्पणी गर्न आग्रह गरे ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया