यस कारण बने शाहरुख खान अपहरणकारी

काठमाडौं । अभिनेता शाहरुख खान आफ्नो फिल्म ‘पठान’ र इधर एटलीको ‘लायन’को सुटिङमा व्यस्त छन् । फिल्म ‘लायन’मा उनी भिलेनको चरित्रमा देखिँदैछन् । बलिउडका फिल्ममा शाहरुख भिलेन चरित्रमा देखिएको यो नवौं फिल्म हुनेछ । यो फिल्म लोकप्रिय वेब सिरिज ‘मनी हाइस्ट’का प्रोफेसर जस्तो एक ठूलो डकैतको कथामा आधारित छ ।
‘लायन’ मा शाहरुख दोहोरो चरित्र अर्थात बाबु–छोराको भूमिकामा देखिनेछन् । फिल्ममा छोरा शाहरुखले एक मेट्रो टेनको अपहरण गर्नेछन् । फिल्मको यो प्रमुख सिक्वेन्सलाई गत वर्षको अक्टोबरमा पुणेमा छायांकन गरिएको थियो । यसको अर्को सिक्वेन्स चेन्नईमा यो वर्ष खिचिनेछ । यद्यपि छोरा आर्यनको मुद्दा र भारतमा बढ्दो ओमिक्रोन लहरले सुटिङ पुनः सुरु हुन सकेको छैन ।
दक्षिण भारतीय फिल्म व्यापार विश्लेषक रमेश वालाका अनुसार चार वर्षअघि इधर र शाहरुखको भेट फिल्म ‘मरसल’ रिलिजपछि भएको थियो । शाहरुखलाई यो फिल्ममा थलापति विजयको काम र एटलीको निर्देशन कला मनपरेको थियो । त्यहीकारण शाहरुखले एटलीसँग सहकार्य गर्ने इच्छा देखाएका थिए ।
‘लायन’को सहनिर्मातामा करण जोहर छन् । करण दक्षिण भारतीय फिल्मका निर्माता र नयाँ स्टारप्रति सधैं चासो राख्छन् । रमेशले एटलीलाई कुनै पनि कलाकारलाई दोहोरो अथवा तेहोरो चरित्रमा देखाउन सक्ने क्षमता रहेको दाबी गरे ।
चेन्नईमा सुटिङ गरिने भनिएको फिल्म कोभिड महामारीको अवस्थालाई मध्यनजर गर्दै हैदराबादको रामोजी स्टुडियोमा गर्ने तयारी भइरहेको छ । किनकि तेलंगानामा कोभिड प्रतिबन्धको प्रावधान केही नरम छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
प्रतिक्रिया