कसुरदार ठहर भएपछि बेपत्ता श्रेष्ठ पक्राउ

काठमाडौं । अदालतबाट रु २६ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु २६ लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँका ४१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई शुक्रबार बानेश्वरबाट पक्राउ गरेको हो ।
ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालतको विसं २०७८ असोज १० गतेको फैसलापछि पाँच दिन कैद र बिगोबमोजिम रु २६ लाख जरिवाना ठहर गरेपछि निज फरार भएको जानकारी दिनुभयो ।
पक्राउ परेका श्रेष्ठले आफ्नो सिभिल बैंक लिमिटेड भक्तपुर शाखाको खातामा पर्याप्त मौज्दात नहुँदा नहुदै पनि झुक्यानमा पारेर चेक दिइ बैंकिङ कसुरजन्य अपराध गरेका थिए ।
उच्च अदालतले श्रेष्ठलाई बैकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिमसजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि शुक्रबार नै अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।














यस्तो छ आज तरकारीको थोक मूल्य
बालेनको हतारो :नियुक्त नहुँदै बनाए ‘प्रधानमन्त्री’को इमेल !
आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
प्रतिक्रिया