बिहीबार, वैशाख २४, २०८३

ओमिक्रोन फैलिएपछि गण्डकी प्रदेशमा कडाइ, महोत्सव नगर्न निर्देशन

मेरोन्यूज २०७८ पुष २३ गते १९:१७

पोखरा । नेपालमा नयाँ भेरियण्टको कोरोना (ओमिक्रोन) पुष्टि भएपछि गण्डकी त्रासमा छ ।

Advertisement
NiccNicc

प्रदेश सरकारले संक्रमण फैलिन नदिन सदरमुकाम कास्कीसहितका जिल्लामा कडाइ गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशको सीमानाकामा चेकजाँच गर्ने बताएको छ ।

संघको स्वास्थ्य मन्त्रालयले आवश्यक तयारी गर्न भनेपछि प्रदेशले नियन्त्रणका लागि तत्काल आवश्यक तयारी गरेको हो ।

शुक्रबार मन्त्री मधु अधिकारीसहितको बैठकले ओमिक्रोन नियन्त्रणका लागि प्रदेशका नाकाहरूमा जाँचलाई तीव्रता दिने, प्रदेशका स्वास्थ्य संरचनालाई आवश्यक अन्य तयारी गरी उपकरण, स्वास्थ्य सामाग्री, जनशक्ति व्यवस्थापन, अक्सिजन सिलिण्डर तथा अन्य तयारी यथाशीघ्र व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

अधिकारीले सबैखाले महोत्सव बन्द गर्न सम्बन्धित निकायलाई जानकारी दिन सचिव मार्फत निर्देशन दिइन् । ‘मानिसको स्वास्थ्य भन्दा ठूलो अरू कुरा होइन । अहिले मेला महोत्सव तुरुन्त रोक्नु,’ उनले भनिन्, ‘आवश्यक परे स्मार्ट लकडाउन सम्म गर्नुपर्ने हुन सक्छ ।’

मन्त्रालयले यसअघि सञ्चालन गरेको हेलो डाक्टर, कोरोना अपडेट लगायत काम सुरु गर्न लगाएको छ । मन्त्रालयको ग्राफ अनुसार गण्डकी प्रदेशको कास्की, म्याग्दी, लमजुङ, नवलपुर लगायतका जिल्ला स्मार्ट लकडाउनको अवस्थामा पुगेका छन् ।

भारतसँग सीमा जोडिएका नाकाहरूमा सरकारले १÷१ हजार बेडको आइसोलेसन निर्माण गरेको छ । पछिल्लो २४ घण्टामा यहाँ १६ जना नयाँ संक्रमित देखिएका छन् ।

प्रतिक्रिया