केटिएम रन माघ तेस्रो साता हुने

काठमाडौं । सर्वाधिक पुरस्कार राशीको १० किलोमिटर केटीएम रन माघको तेस्रो साता काठमाडौंमा आयोजना हुने भएको छ ।
आयोजक शेर्पा आउटडोरको केटीएम सिटीले शुक्रबार पत्रकार सम्मेलन गरी केटीएम रन माघ १५ गते मा आयोजना गर्ने जानकारी गराएको हो ।
१० किलो मिटरको हुने रनमा पुरुष र महिला गरि दुई प्रतिस्पर्धामा आयोजना हुने आयोजकले जनाएको छ । सर्वाधिक एक लाख रुपैयाँ राखिएको प्रतियोगिताको पुरस्कार राशि पुरुष तथा महिलामा समान रहेको छ ।
यस्तै, दोस्रो हुने दुवै प्रतिस्पर्धाका खेलाडीले समान ५० हजार, तेस्रोले ३० हजार, चौंथो हुनेले २० हजार, पाँचौं हुनेले १० हजार, छैटौं हुनेले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन । सातौंदेखि दशौं स्थान प्राप्त गर्ने खेलाडीलाई गिफ्ट भौचर प्रदान गरिने आयोजकले जानकारी दियो ।
केटीएम रनको रुट काठमाडौंको दरबारमार्गबाट सुरु भएर भद्रकाली हुँदै सिंहदरबार, माईतिघर, नयाँ बानेश्वर पुगेर पुन माइतिघर फर्किएर, थापाथली हुँदै त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, रत्नपार्क, जमल भएर दरबारमार्ग आएरै समापन हुनेछ । केटीएम रनको रेस डिरेक्टरमा शुशील नरसिंह राणा र प्राविधिक संयोजकमा राजन खत्री रहनु भएको छ ।
केटीएम रनमा सहभागी हुने खेलाडीका लागि ९ सय ९० रुपैयाँ दर्ता शुल्क राखिएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको सहभागीता खुल्ला गरिएको छ । खेलाडीले पुस २९ गतेबाट माघ १३ गतेसम्म नाम दर्ता गराउने सक्ने आयोजकले जानकारी दियो ।
















बाजुरामा अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण
निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
हुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया