ए डिभिजन लिगः एपिएफ र जावलाखेलले अंक बाँडे

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा एपिएफ र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन ।
विभागीय फुटबल क्लब एपिएफ र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । दुवै टोलीले गोलरहित बराबरीमा खेलेर अंक बाँड्दै आठौं चरणको आफ्नो खेल सकाएका छन् ।
बराबरीपछि एपीएफले ८ खेलमा ७ अंक जोडेको छ । एपीएफ दशौँ स्थानमा यथावत रहँदा जावलाखेलले ८ खेलमा ८ अंक जोडेको छ । जावलाखेल नवौं स्थानमा यथावत छ ।
यसअघि शुक्रबार भएको पहिलो खेलमा उपाधि होडमा रहेको अपराजित टोली संकटाले शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नवप्रवेश सातदोबाटो युथ क्लबसँग बराबरी खेलेको छ ।
बराबरीसँगै संकटाले जारी सिजन ८ खेलमा पाँचौ बराबरी खेलेको छ । बराबरीपछि संकटा अपराजित रहँदै १४ अंकका साथ तेस्रो स्थानमा कायम रहेको छ । सातदोबाटोले पनि संकटासँग एक अंक खोस्दै ९ अंक बनाएर आठौं स्थानमा कायम रहेको छ ।
लिगमा शनिबार तीन खेल हुँदैछन् । दशरथ रंगशालामा हुने दिनको पहिलो खेल साविक विजेता मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स फुटबल क्लबबीच हुनेछ भने दोस्रो खेल न्यूरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुनेछ । पोखरा रंगशालामा घरेलु टोली मनाङले च्यासल युथ क्लबको सामना गर्नेछ ।









पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपालका व्यवसायलाई साथ दिइरहेका फोटोन गाडीहरू
सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
अझै फर्किएनन् १२४ कैदीबन्दी
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
प्रतिक्रिया