मन्त्रालयका कर्मचारीलाई खाजा उपलब्ध गराउन गृहमन्त्रीको पहल

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालय अन्तर्गतका ९–५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाहरुका कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउने पहल गरेका छन् ।
गृह मन्त्रालयमातहतको नेपाल निजामती कर्मचारी युनियनको ८ औँ विभागीय अधिवेशनमा बोल्दै गृहमन्त्री खाँणले मन्त्रालय अन्तर्गतका ९–५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाहरुका कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउन अर्थमन्त्रालयसँग पहल गरिरहेको बताए ।
उनले सरकारी कार्यालयहरुमा काम गर्ने अवधि बढाएपछि ओभरटाइमको पैसा दिन नसके पनि खाजा खाने व्यवस्था मिलाउनु पर्ने उल्लेख गरे । हाल नागरिकता, ई–पासपोर्टका लागि लाइन रहेको सन्दर्भमा केही जिल्लाहरुले कार्यालयको समयावधि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बढाएको गृहमन्त्री खाँणले बताए ।
गृहमन्त्री खाँणले कर्मचारीहरुलाई सरकारले सुविधा नदिए वा सरकार जनताप्रति उत्तरदायी हुन नसके कर्मचारीहरुले सरकारलाई सचेत गराउनु पर्ने बताए ।
उनले सरकार र सरकारी कार्यालय सबैको साझा भएकोले सबैको सद्भाव हुने किसिमले काम गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए ।
गृहमन्त्री खाँडले सरकारले गरेका काममा सुझाव र प्रतिक्रिया दिने काम कर्मचारीहरुको भएकोले जनताको माग बुझेर सरकारलाई दबाव दिन पनि आग्रह गरे ।
सरकारले कर्मचारी र कर्मचारीले सरकारलाई गालीगलौज गरेर मात्रै देशको विकास नहुने भन्दै भएका समस्याको समाधान गरेर अघि बढ्नु पर्नेमा गृहमन्त्रीको जोड थियो ।















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया