सहसचिव र उपसचिवसहित नाै जना सिडियोको सरुवा
मेरोन्यूज
२०७८ पुष २४ गते १५:३५

काठमाडौं । गृहमन्त्रालयले सहसचिव र उपसचिवसहित नौ जना प्रमुख जिल्ला अधिकारी (सिडियो)को सरुवा गरेको छ ।
गृहले ६ सहसचिव र तीन उपसचिवलाई सरुवा गरेको हो ।
सहसचिवहरु विपिन आचार्यलाई सल्यानको प्रजिअ बनाइएको छ भने हुमकला पाण्डेलाई काभ्रे, सुमन घिमिरेलाई नवलपरासी (बर्दघाट सुस्तापूर्व) र सुरेन्द्र पौडेललाई धनुषाको प्रजिअ बनाइएको छ ।
यस्तै, सहसचिवद्वय बन्धुप्रसाद बास्तोला र श्रीराम पोखरेललाई गृह मन्त्रालयमा तानिएको छ ।
उपसचिव रामहरी शर्मालाई भने कालिकोटको प्रजिअ बनाइएको छ ।
केही दिनयता गृह मन्त्रालयले उपसचिव, सहसचिव र प्रमुख जिल्ला अधिकारीहरुको धमाधम सरुवा गर्दै आएको छ ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
प्रतिक्रिया