७७ वर्षीय वृद्धा बलात्कृतको घटना मिलाउने वडा सदस्यसहित पाँच पक्राउ
कैलाली । कैलालीमा बलात्कार घटना मिलापत्र गराउने पाँच जना पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका ४ जनकपुरबाट वडा सदस्यसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही ठाउँका ५३ वर्षीय वडा नम्बर ४ का पूर्व वडा सचिव यज्ञराज आचार्य, वडा सदस्य वर्ष ५४ का लक्ष्मी रुद्र न्यौपाने, वर्ष ४३ का शिक्षक होम प्रसाद सुवेदी, वर्ष ३४ का राजु भट्टराई र जर्बजस्ती करणी गर्ने वर्ष ३० का प्रकाश सुवेदीलाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको छ । मिलापत्र गर्ने अन्य केही फरार रहेको बताइन्छ ।
मसिंर १५ गते सोही ठाउँकी ७७ वर्षीया चौधरी समुदायको महिलालाई मदिरा सेवन गरी प्रकाश सुवेदीले खेतमा लगेर बलात्कार गरेका थिए । घटना बाहिरिने डरले अर्को दिन पीडित पक्षलाई तीन लाख दिने भनेर मिलापत्र गरेका थिए । तर, ३ लाखमध्ये १ लाख नदिँदा घटना करिब एक महिनापछि बाहिरिएको हो ।
उक्त कसुरमा पुस २१ गते इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दरखास्त प्राप्त भएपछि सोही दिन प्रतिवादीसहित मिलापत्र गराउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनीहरूमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध
मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
प्रतिक्रिया