गरिबी अन्त्य भए मात्र देशको अर्थतन्त्र बलियो हुन्छ : बाबुराम भट्टराई
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले गरिबी अन्त्य भए मात्र देशको अर्थतन्त्र बलियो हुने बताएका छन् ।
काठमाडौंमा आइतबार राष्ट्रिय व्यापार संघको १७ औँ वार्षिक साधारण सभा तथा नवौं महाधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा चेतनामा परिवर्तनसँगै गरिबी अन्त्य नभएसम्म देशको अर्थतन्त्र बलियो हुन नसक्ने बताए ।
सबै पक्ष एकजुट भएर गरिबी अन्त्य गरेर देशको अर्थतन्त्र बलियो बनाउनुपर्नेमा उनको जोड छ । राजनीति व्यवस्था परिवर्तन भए पनि अर्थतन्त्र सुधार्न नसकेको बताएका डा। भट्टराईले दैनिक जीवनयापनका लागि युवा विदेश पहलायन हुने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।
राजनीतिक नेतृत्वको अदूरदर्शीका कारण देशको विकास र समृद्धि हुन नसकेको बताउँदै उनले देशको समृद्धिका लागि राजनीतिक नेतृत्वले विज्ञहरुको ज्ञान, सीप र अनुभवको सदूपयोग गर्न सक्नुपर्नेमा जोड दिए ।
कर्मचारी संयन्त्रमा देशलाई समृद्ध बनाउन जनशक्ति भए पनि त्यसलाई परिचालन गर्न राजनीतिक नेतृत्वले ध्यान दिन नसकेको डा। भट्टराईको भनाइ छ ।











आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया