गरिबी अन्त्य भए मात्र देशको अर्थतन्त्र बलियो हुन्छ : बाबुराम भट्टराई
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले गरिबी अन्त्य भए मात्र देशको अर्थतन्त्र बलियो हुने बताएका छन् ।
काठमाडौंमा आइतबार राष्ट्रिय व्यापार संघको १७ औँ वार्षिक साधारण सभा तथा नवौं महाधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा चेतनामा परिवर्तनसँगै गरिबी अन्त्य नभएसम्म देशको अर्थतन्त्र बलियो हुन नसक्ने बताए ।
सबै पक्ष एकजुट भएर गरिबी अन्त्य गरेर देशको अर्थतन्त्र बलियो बनाउनुपर्नेमा उनको जोड छ । राजनीति व्यवस्था परिवर्तन भए पनि अर्थतन्त्र सुधार्न नसकेको बताएका डा। भट्टराईले दैनिक जीवनयापनका लागि युवा विदेश पहलायन हुने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।
राजनीतिक नेतृत्वको अदूरदर्शीका कारण देशको विकास र समृद्धि हुन नसकेको बताउँदै उनले देशको समृद्धिका लागि राजनीतिक नेतृत्वले विज्ञहरुको ज्ञान, सीप र अनुभवको सदूपयोग गर्न सक्नुपर्नेमा जोड दिए ।
कर्मचारी संयन्त्रमा देशलाई समृद्ध बनाउन जनशक्ति भए पनि त्यसलाई परिचालन गर्न राजनीतिक नेतृत्वले ध्यान दिन नसकेको डा। भट्टराईको भनाइ छ ।















कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
प्रतिक्रिया