राष्ट्रियसभाका कुन उम्मेदवारले पाए कुन चुनाव चिह्न ?

काठमाडौं । माघ १२ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका उम्मेदवारहरुलाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ । आइतबार उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गदैं निर्वाचन आयोगले चुनाव चिन्ह पनि प्रदान गरेको हो । सात ओटै प्रदेशमा गरी रिक्त हुन लागेको १९ पदका लागि ४३ जना उम्मेदवार छन् ।
आयोगले नेपाली कांग्रेसका उम्मेदवारलाई रूख, नेकपा एमालेका उम्मेदवारलाई सूर्य, नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई गोलाकारभित्र हँसिया हथौडा र नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई कलम चिह्न प्रदान गरेको छ । त्यसैगरी, राप्रपालाई हलो, जनता समाजवादी पार्टी नेपाललाई ढल्केको छाता, लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई साइकल, नेपाल मजदुर किसान पार्टीलाई मादल र राष्ट्रिय जनमोर्चालाई गिलास चिह्न प्रदान गरिएको छ।
राष्ट्रिय सभा निर्वाचनका लागि सोमबारबाट आचारसंहिता लागू हुने आयोगले जनाएको छ । आइतबार विज्ञप्ति प्रकाशित गर्दै निर्वाचन अवधीभर आचारसिंहता पालना नभए कारबाही गर्ने चेतावनी पनि आयोगले दिएको छ ।
हेर्नुहोस, कुन उम्मेदवारका कुन चुनाव चिन्ह ?













आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस
आजकाे माैसम : तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना
नयाँ वर्ष सन् २०२६ सुरु
आजका लागि विदेशी मुद्राको विनिमयदर
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया