सुन तोलामा ३०० रुपैँयाले घट्यो, यस्तो छ आजको बजार भाउ

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा फेरि गिरावट आएको छ । यो साताको तथ्यांक हेर्दा सुनचाँदीको भाउ घट्दै गएको देखिन्छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएकोमा दोस्रो दिन सोमबार ३०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको हो । सोमबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७७ हजार ८४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २२० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ४६ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।










रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
आजको विदेशी मुद्राको विनिमयदर : डलर र युराे बढ्याे
तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया