भोलिबाट १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप दिँदै

काठमाडौँ । स्वास्थ्य कार्यालय काठमाडौँले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई भोलि (मंगलबार)देखि कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप फाइजर दिने जनाएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले स्थानीय पालिकाहरँसँग समन्वयमा भोलिदेखि फाइजर खोप दिने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार काठमाडौँका सबै स्कुल अर्थात जहाँ दुई सय विद्यार्थी रहेका छन् । सोही स्कुललाई केन्द्र राखेर खोप दिइन्छ ।
यदि, दुई सयभन्दा कम विद्यार्थी रहेमा अन्य स्कुलमा पायक पर्ने गरी खोप दिइने उनले जानकारी दिए । कुन स्कुलमा कति गते खोप अभियान सञ्चालन गर्ने स्थानीय तहले निर्धारण गर्ने समेत उनले जानकारी दिए । उनले यो खोप अभियान एक सातासम्म चल्ने बताए ।
कार्यालय प्रमुख काफ्लेले भने, ‘काठमाडौँमा दुई लाख ७० हजार बालबालिका रहेको अनुमान गरिएको छ, त्यसका लागि आवश्यक स्वास्थ्य सामाग्री पठाइसकेका छौँ ।’
पहिलो मात्रा फाइजर खोप लगाएकाको दोस्रो मात्रा माघ २४ गते दिइने छ । उनले खोप लिनका लागि परिचय पत्र लिएर जानु पर्ने बताए ।
उपत्यकाको अर्को जिल्ला भक्तपुरमा भने सोही उमेर समूहका बालबालिकालाई गत शुक्रबारदेखि नै मोडर्ना खोप दिइएको छ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
प्रतिक्रिया