‘जी ले जरा’मा कटरीनाको अपोजिट विकी

एजेन्सी/ काठमाडौं । एक्सल इन्टरटेनमेन्ट र टाइगर बेबीले निर्माण गर्ने फिल्म ‘जी ले जरा’मा अभिनेता विकी कौशल जोडिने भएका छन् । फरहान अख्तरको निर्देशन रहने यात्राको कथा समेटिने फिल्ममा यसअघि अभिनेत्रीहरुमा प्रियंका चोपडा जोनास, कटरीना कैफ र आलिया भट्ट फाइनल भइसकेका छन् ।
फिल्ममा फरहानले पनि अभिनय गर्नेछन् । फरहान र टिमले अभिनेता विकीलाई अभिनयको प्रस्ताव गरेका छन् । ‘विकी कौशललाई फिल्ममा कटरीना कैफको अपोजिटमा कास्ट गर्ने योजना बनाइएको छ । त्यसका लागि उनीहरुले विकीलाई प्रस्ताव पनि लाँदैछन् । यदि विकीले अभिनयको लागि स्वीकृति दिए भने विकी र कटरीना विवाह पछि पहिलोपटक एकसाथ यो फिल्ममा रोमान्स गर्नेछन् । जसकारण फिल्मको प्रमोसन गर्न सजिलो हुनेछ’, फिल्म निकट स्रोतले भनेको छ ।
फिल्मका लागि अर्को पनि एक अभिनेताको खोजी भइरहेको छ । फिल्मका प्रमुख पात्रमा तीन महिला हुने भएकाले अभिनेता खोज्न त्यति गाह्रो नपर्ने निर्माण पक्षको बुझाई छ ।
फिल्मको लेखक जोया अख्तर, फरहान अख्तर र रीमा कागती हुन् । यो फिल्ममा पहिलोपटक प्रियंका चोपडा, कटरीना कैफ र आलिया भट्ट स्क्रिन शेयर गर्दैछन् ।










फलफूल तथा तरकारीकाे मूल्य निर्धारण : आज गोलभेँडा प्रतिकिलो रु १३०,पालुङ्गो साग प्रतिकेजी रु २५०
प्रकृति र संस्कृतिको सङ्गम तीनचुले
आज विश्व टेलिभिजन दिवस
दोस्रो संस्करणको एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
कीर्तिपुर मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल्दाको अनुभव- एउटा सपना पूरा भयो
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया