काठमाडौंपछि सुदूरपश्चिममा संक्रमण बढी

धनगढी । काठमाडौंपछि सुदूरपश्चिममा कोरोना संक्रमण बढी देखिएको छ ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पुस २२ गते यता सुदूरपश्चिम प्रदेशमा निरन्तर संक्रमण दर बढिरहेको छ ।
पुस २२ गते सुदूरपश्चिममा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पुस ३२ गते १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा पुस २४ गते १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
पुस २५ गते केही घटेको संक्रमण दर २६ गते देखि फेरी उकालो लागेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पुस २५ गते ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तर, पुस २६ गते संक्रमण दर बढेर १ सय ५९ जनामा संक्रमण पुष्टि भएको थियो ।
यसैगरी पुस २७ गते (मंगलबार) १ सय ९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
भारतमा रहेका नेपालीहरू स्वदेश फर्कन थालेपछि संक्रमणदर बढ्न थालेको हो ।
भारतमा कोरोना संक्रमणदर बढेपछि त्यहाँ कार्यरत नेपाली धमाधम स्वदेश फर्कन थालेका छन्,’ सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले भने, ‘जसका कारण कोरोना संक्रमण दर बढेको देखिन्छ ।’
उनले समुदाय स्तरमा भने कोरोना संक्रमण खासै नदेखिएको बताए । ‘अहिले भारतबाट नेपाल आउने नेपालीको संख्या बढ्नथालेको छ,’ प्रवक्ता कार्कीले भने, ‘उनीहरूको स्वास्थ्य परीक्षण गर्दा संक्रमणदर बढेको देखिन्छ, समुदाय स्तरमा भने संक्रमण फैलिएको पाइएको छैन ।’
उनले भारतबाट आउने नागरिकलाई व्यवस्थित गर्न सके समुदाय स्तरमा फैलिने कोरोना संक्रमण केही हद सम्म रोक्न सकिने बताए ।
‘भारतबाट आएका मध्य सङ्क्रमित भएका व्यक्तिले आइसोलेसनमा बस्ने र स्वास्थ्य व्यक्तिले स्वस्फुर्तरुपमा १० दिन सम्म क्वारेन्टिनमा बस्ने गरिदिए समुदाय स्तरमा संक्रमण फैलनबाट रोक्न सकिन्थ्यो,’ उनले भने, ‘तर क्वारेन्टिनको पालना खासै भएको पाइँदैन, यो चिन्ताको विषय बनेको छ ।’
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिचममा मंगलबार थपिएका कोरोना संक्रमितसँगै कोरोना संक्रमण पुष्टि हुनेको कुल सङ्ख्या ४९ हजार २ सय २५ पुगेको छ ।
निर्देशनालयका अनुसार मंगलबार प्रदेशबाट ५३ जना कोरोना मुक्त भएका छन् । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या ४८ हजार ५२ पुगेको छ ।
सुदूरपश्चिममा मंगलबार सम्म कोरोना संक्रमणका कारण ६ सय १४ जनाको मृत्यु भएको छ । मंगलबार भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ । सुदूरपश्चिममा मंगलबार २ सय ९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया