शुक्लाफाँटामा नगर अस्पताल निर्माण सुरु
काठमाडौँ । शुक्लाफाँटा नगरपालिका ४ असैनामा नगर अस्पताल भवन निर्माणको कार्य सुरु गरिएको छ । दस शय्याको नगर अस्पताल भवन निर्माणको कार्य सुरु गरिएको हो ।
नगरपालिकाका इन्जिनियर दीपक धामीका अनुसार ६ करोड २४ लाखको लागतमा ठेक्का प्रक्रियामार्फत अस्पताल भवन निर्माणको काम अगाडि बढाइएको छ । एमके विल्डर्स र निरज कन्सट्रक्सनसँग अस्पताल भवन निर्माणका लागि सम्झौता गरिएको छ ।
‘भवन निर्माणका लागि कूल बजेट रु १० करोड ८३ लाख रहेको थियो,’ उनले भने, ‘घटाघटीमा निर्माण कम्पनीले रु ६ करोड २४ लाखमा ठेक्का सम्झौता गरी निर्माण कार्य अगाडि बढाएको छ ।’
भवन निर्माणका लागि फाउन्डेसन राख्ने कार्य पूरा हुन लागेको छ । उनका अनुसार दुई वर्षभित्र भवन निर्माण सक्नुपर्ने सम्झौता रहेको छ । सोहीअनुरुप कार्य भइरहेको छ । अस्पतालमा ठेक्का सम्झौताअनुसार पाले घर, स्वास्थ्यकर्मी बस्ने आवास, पर्खाल, शौचालय र गेट निर्माण हुने छन् ।


















पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज वैशाख ३ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
प्रतिक्रिया