यी क्लब हुन सक्छन् एएफसी कपमा मछिन्द्रका प्रतिद्वन्द्वी

सहिद स्मारक ए डिभिजन लिगको सातौँ चरणमा शीर्षस्थानमा रहँदै मछिन्द्र फुटबल क्लबले नेपालको प्रतिनिधि गर्दै एएफसी कप-०२२ छनोटमा स्थान बनायो । अर्को नजिकको प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीलाई एक अंकले पछाडि पार्दै मछिन्द्रले पहिलोपटक एएफसी कपको टिकट काटेको हो ।
यसपटक शीर्ष डिभिजन लिगमा १४ क्लब सहभागी रहँदा चार क्लबले मात्रै एएफसी क्लब लाइसेन्स पाए । मछिन्द्र र मनाङसँगै विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबलाई एएफसी कप खेल्न ढोका खुल्ला थियो ।
अघिल्ला वर्षमा नेपालको लिग च्याम्पियनको हैसियतमा क्लबहरूले एएफसी कपमा सहभागीता जनाउँदै आएका थिए । गत सिजन (२०७६) सालमा मछिन्द्र च्याम्पियन भए पनि लाईसेन्स नहुँदा लाईसेन्स प्राप्त आर्मीले यस प्रतियोगितामा सहभागीता जनाएको थियो ।
दशरथ रगशालामा श्रीलंका पुलिसविरुद्ध सहज जितसँगै दोस्रो चरणको छनोटमा स्थान बनाएको आर्मी भारतीय आइएसएल च्याम्पियन बैगरुलु एफसीसँग पराजित हुँदै समूह चरणमा स्थान बनाउन असफल भयो ।
यस पटकसमेत मछिन्द्रले दुई चरणको प्रारम्भिक छनोट पार गरेर दक्षिण एसियाली शीर्ष वरियताको टोलीबीच समूहमा रहेर खेल्न पाउनेछ । मछिन्द्रले प्रारम्भिक राउन्ड(१ मा प्रतिस्पर्धापछि प्रारम्भिक राउन्ड-२ मा जितेर मात्रै फाइनल प्रतिस्पर्धा पाउनेछ ।
यसपटक मछिन्द्रले माल्दिभ्सको क्लब भ्यालेन्सिया, श्रीलंकाको ब्लु स्टार एससी र भुटानको पारो एफसी मध्ये एकसँग प्रतिस्पर्धा गर्नु पर्नेछ । तीनै क्लब सम्बन्धित राष्ट्रका लिग र सुपर लिग च्याम्पियन क्लब हुन् ।
यस चरणको ‘ड्र’ सार्वजनिक १७ जनवरीमा हुनेछ । त्यसपछि मात्रै मछिन्द्रले आफ्नो प्रतिस्पर्धी, खेल्ने मिति र स्थान पाउनेछ । यदि राउण्ड–१ मा जित निकाले मछिन्द्रले राउण्ड-२ मा भारतको मोहन बंगान र बंगलादेशको ढाका अबहानीबीचको एकसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि २०७५ को बिना रेलिगेशनको लिग च्याम्पियन मनाङले भने सिँधै समूह चरणमा प्रतिस्पर्धा गर्न अवसर पाएको थियो । पछिल्लो समय एएफसीले एएफसी लाइसेन्ससँगै वरीयतालाई आधार मानेपछि नेपाली क्लबले प्रारम्भिक छनोट खेलेर मात्रै समूह चरणको मौका पाउनेछन् ।
















Demonstration held in Kakarvitta demanding justice to Inisha
चीनद्वारा नयाँ उपग्रह ‘याओगान–५०–०२’ प्रक्षेपण
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
प्रतिक्रिया