पूजा सिंहलाई प्रहरी डीआइजीमा बढुवा गरेकोमा डाक्टरहरू हर्षित

काठमाडौँ । पुजा सिंहलाई मधेसको महिलाबाट पहिलो पटक डीआइजीपीमा बढुवा गरेर प्रशंसनीय काम गरेको डाक्टरहरूले बताएका छन् ।
बुधबार गृहमन्त्री बालकृष्ण खाणलाई मन्त्रालयमा भेटेर डाक्टरहरूको प्रतिनिधि मण्डलले मधेसको महिलाबाट सिंहलाई डिआइजीपी बनाउनु गृहमन्त्रीको प्रसंशनीय काम भएको भन्दै धन्यवाद दिएका हुन् ।
पाटन स्वाथ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. भरत यादव, डा.अरुणकुमार सिंह, डा. अनुज सिंह, डा. शिव बस्नेत, सुधिरकुमार सिंह, दिपककुमार साह, निरजदेव जोशी, संञ्जिवकुमार मिश्रसहितको टोलीले गृहमन्त्री खाणलाई भेटेर सिंहलाई डिआइजीपीमा बढुवा गरेर सरकारले मधेसी महिलाको सम्मान गरेको र क्षमताको कदर गरेको बताएको हो ।
‘सरकारले सिंहलाई डीआइजीपीमा बढुवा गरेर मधेसी महिलाको सम्मान गरेको छ । सिंहको क्षमताको कदर गरेको छ,’ गृहमन्त्रीसँगको भेटमा डा. यादवले भने ।
यसअघि मंगलबार सप्तरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश यादवको नेतृत्वमा आएको टोलीले पनि सिंहलाई बढुवा गरेर गृहमन्त्रीले प्रशंसनीय काम गरेको भन्दै धन्यावाद दिएको थियो ।
बुधबारै डाक्टरहरूको टोलीले भेट्नु अगाडि नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादव नेतृतवको टोलीले पनि गृहमन्त्री खाणलाई भेटेर सिंहलाई डिआइजीपीमा बढुवा गरी मधेसको सम्मान गरेको बताएको थियो ।
प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी सिंह प्रहरीमा अब्बल मानिन्छिन् । उनी प्रजातन्त्र सेनानी केदारप्रसाद सिंहकी आफन्तसमेत हुन् । सिंह एसएसपीमा पनि सिनियर थिइन् ।
















कर्णाली प्रदेशका आयुर्वेदिक जडिबुटीको भण्डारण र नेपालको मौलिक उपचारमा यसको महत्त्व
NC decides to nominate Aangdembe as its Parliamentary Leader
मुस्ताङमा यार्सा सङ्कलन सुरु
युद्धमा मारिएका सैनिकका लागि उत्तर कोरियाको सङ्ग्रहालय
मन्त्रिपरिषद् बैठक जारी
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया