पूजा सिंहलाई प्रहरी डीआइजीमा बढुवा गरेकोमा डाक्टरहरू हर्षित

काठमाडौँ । पुजा सिंहलाई मधेसको महिलाबाट पहिलो पटक डीआइजीपीमा बढुवा गरेर प्रशंसनीय काम गरेको डाक्टरहरूले बताएका छन् ।
बुधबार गृहमन्त्री बालकृष्ण खाणलाई मन्त्रालयमा भेटेर डाक्टरहरूको प्रतिनिधि मण्डलले मधेसको महिलाबाट सिंहलाई डिआइजीपी बनाउनु गृहमन्त्रीको प्रसंशनीय काम भएको भन्दै धन्यवाद दिएका हुन् ।
पाटन स्वाथ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. भरत यादव, डा.अरुणकुमार सिंह, डा. अनुज सिंह, डा. शिव बस्नेत, सुधिरकुमार सिंह, दिपककुमार साह, निरजदेव जोशी, संञ्जिवकुमार मिश्रसहितको टोलीले गृहमन्त्री खाणलाई भेटेर सिंहलाई डिआइजीपीमा बढुवा गरेर सरकारले मधेसी महिलाको सम्मान गरेको र क्षमताको कदर गरेको बताएको हो ।
‘सरकारले सिंहलाई डीआइजीपीमा बढुवा गरेर मधेसी महिलाको सम्मान गरेको छ । सिंहको क्षमताको कदर गरेको छ,’ गृहमन्त्रीसँगको भेटमा डा. यादवले भने ।
यसअघि मंगलबार सप्तरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश यादवको नेतृत्वमा आएको टोलीले पनि सिंहलाई बढुवा गरेर गृहमन्त्रीले प्रशंसनीय काम गरेको भन्दै धन्यावाद दिएको थियो ।
बुधबारै डाक्टरहरूको टोलीले भेट्नु अगाडि नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादव नेतृतवको टोलीले पनि गृहमन्त्री खाणलाई भेटेर सिंहलाई डिआइजीपीमा बढुवा गरी मधेसको सम्मान गरेको बताएको थियो ।
प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी सिंह प्रहरीमा अब्बल मानिन्छिन् । उनी प्रजातन्त्र सेनानी केदारप्रसाद सिंहकी आफन्तसमेत हुन् । सिंह एसएसपीमा पनि सिनियर थिइन् ।













सुनको भाउमा आज पनि वृद्धि, किन लगातार बढिरहेको छ ?
अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द
Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया