एपीएफको फेरि हार, पुलिस अपराजित
मेरोन्यूज
२०७८ पुष २८ गते १९:२०

पोखरा । पोखरामा जारी टाइगर कप भलिबल अन्तर्गत बुधबारको खेलमा विभागीय टिम नेपाल पुलिसले सशस्त्र प्रहरी बल एपीएफलाई पराजित गरेको छ ।
पुरुषतर्फको स्पर्धामा पुलिसले एपीएफमाथि ३–१ को सेटले जीत निकालेको हो । पुलिसले २५–२१, २३–२५, २५–२३ र २५–१९ को सेटले पराजित गरेको हो ।
यो जितसँगै पुलिसको फाइनल यात्रा लगभग पक्का भएको छ भने तेस्रो हार बेहोरेको एपीएफ लिग चरणबाटै बाहिरिने भएको छ ।
पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेशसँग हारेको एपीएफ दोस्रो खेलामा आर्मीसँग स्तब्ध बनेको थियो । पुलिसले भने ३ खेल जितेको छ । दुवैले एकरएक खेल खेल्न बाँकी छ ।
सम्बन्धित









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया