ओमिक्रोनले एकबाट १० जनामा संक्रमण सार्ने
काठमाडौँ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण अन्यभन्दा तीव्र गतिमा बढ्ने अनुसन्धानले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएको हो ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा आबद्ध रहेका संक्रमक रोग विशेषज्ञ प्रा डा जनक कोइराला ओमिक्रोन भेरियन्ट (तेस्रो लहर)ले पहिले देखिएको भेरियन्टको तुलनामा धेरै मानिसलाई संक्रमित बनाउने बताए । उनका अनुसार ओमिक्रोन भेरियन्ट एक जनाबाट १० जनामा संक्रमण सार्ने गर्दछ ।
“संक्रमणको पहिलो लहरले एक जनाबाट अर्को दुई जनालाई, दोस्रो लहरमा डेल्टा भाइरसले एक जनाबाट चारदेखि पाँच जनासम्म संक्रमित बनाउने गर्दथ्यो”, उनले भने, “तर अहिले तेस्रो लहरको ओमिक्रोन भाइरसले एक जनाबाट १० जनालाई संक्रमित गराउने गर्दछ । त्यसैले यो द्रुत गतिमा फैलिन्छ ।”
ओमिक्रोन भेरियन्टबाट बच्न व्यक्ति आफू नै सजक हुनु पर्ने छ ।















बागमती सरकारको आठ महिनाको खर्च १७ प्रतिशत
काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै
असिनाले फलफूल र तरकारी बालीमा क्षति
Demonstration held in Kakarvitta demanding justice to Inisha
चीनद्वारा नयाँ उपग्रह ‘याओगान–५०–०२’ प्रक्षेपण
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
प्रतिक्रिया