सोमबार, वैशाख १४, २०८३

लोसपाको बैठक बस्नै सकस, दुई केन्द्रीय नेताले छोडे पार्टी

मेरोन्यूज २०७८ पुष २९ गते १३:२३

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीवाट अलग भएका महन्थ ठाकुर, राजेन्द्र महतोहरुले गठन गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा नेपाल) पार्टीभित्र फेरि विवाद चर्कदो छ । विवादकै कारण पार्टी गठन भएको ५ महिना बित्दासमेत पार्टीको कार्यकारिणी समितिको बैठक बस्न सकेको छैन् ।

Advertisement
NiccNicc

महन्थ ठाकुरको नेतृत्वमा गठन भएको तत्कालिन जनता समाजवादी पार्टी नेपालबाट विभाजित भई यही ९ भदौंमा लोसपा नेपाल गठन भएदेखि नै कार्यकारिणी समितिको बैठक बस्न नसकेको हो ।

सो पार्टीको एक मात्रै आधिकारिक निकाय कार्यकारिणी समितिको बैठक बस्न नसक्दा राजनीतिक समिति र केन्द्रिय समितिसहित भातृ र शुभेच्छुक संस्थाहरु गठन हुन सकेको छैनन् ।

गठन भएको पाँच महिनासम्म कार्यकारिणी समिति बैठक नबसेको अवस्थामा दुई जनाले पार्टी छाडेका छन् । ३१ सदस्सीय कार्यकारिणी समितिमा रहेका राजकुमार लेखी नेकपा एमाले प्रवेश गरेका छन भने अर्का सदस्य तथा प्रतिनिधिसभाका निलम्बित सांसद रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको नामवाट नागरिक उन्मुक्ति पार्टी दर्ता गरेका छन् ।

प्रतिक्रिया